काठमाडौ असार २८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मस्यौदाको विरुद्धमा असार २६ गतेदेखि आन्दोलनमा छन् । २६ गते जिल्ला जिल्लामा संयुक्त बैठक गरेर २७ गते विभिन्न सार्वजनिक ठाउँमा कालो झण्डा प्रदर्शन गरेका छन् । त्यस्तै भोली २९ गते काठमाडौमा जनप्रदर्शन गर्ने भएका छन् । सुन्धारामा भोली विहान ११ बजे भेला भएर जनप्रदर्शन गर्ने कार्यक्रम रहेको तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।
मधेशीलार्य सवैधानिक रुपमा विभेदमा रख्ने दुष्प्रयासलाई असफल बनाउने आह्वान गर्दै अन्तरिम सविधानभन्दा पनि पछाडि धकेलेर स्वयत्तता, समानुपाितक, समावेशीता, राज्यको अंगमा मधेशीको सहभागिताको घाँटी निमोठ्ने गरी आएको मस्यौदाको विरोध गर्न आग्रह गरिएको छ । काठमाडौको सुन्धाराबाट संघर्ष शुरु हुने बताउँदै उपाध्यक्ष लालले सो जनप्रदर्शनमा तमलोपाका महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका महेन्द्र राय यादवलगायत सो दलका विभिन्न पदाधिकारी नेताहरुको उपस्थिति रहेने बताइएको छ ।
सो प्रदर्शनमा पार्टीका अध्यक्षबाहेक हृदयेश त्रिपाठी, बृषेशचन्द्र लाल, अशोक राई, लक्षमण लाल, लालबाबु राउत, सर्वेन्द्रनाथ शुक्ल, मनिष सुमन, राम नरेश राय, राजेन्द्र श्रेष्ठ सहित मधेशवादी दलका नेताहरु रहने बताइएको छ , साथै सो कार्यक्रममा मधेशी नागरिक समाज, पत्रकार, मजदुर, कर्मचारीलाई पनि भाग लिनका लागि आग्रह गरिएको छ ।
यो पनि पढ्नुस



तपाईको प्रतिक्रिया