गौतमबुद्ध जन्मेको भुमि लुम्बिनि म पनि यहि लुम्बिनिमा जन्मिएको . बुद्धलाई सँसारले चिन्छ उनि सबैको मन भित्र बसे तर म,मेरै प्रेमिकाको मनभित्र बस्न सकिन । गौतम बुद्दले जताततै शान्तिको सन्देश छर्नुभो तर मैले मेरो आफ्नै मनलाई कहिल्यै शान्ति दिन सकिन किनकि गौतम बुद्द सबै कुरा त्यागेर बुद्दत्व प्राप्त गर्नु भयो तर मैले सबै कुरा त्यागेर प्रेमिकाको अगाडि आशुको जलाशय बनाए। जहाँ मेरा पिडाहरु बारम्बार डुबुल्कि मारिरहे ।
प्रेम आफैमा कति महान छ जसको अर्थ मेरो आमाले मलाई गर्ने स्नेहबाट झल्किन्छ तर यो विषयमा बुद्धले पनि आफ्नो स्वर्ग जस्तो राजदरबार अनि मेरि आमाजस्तै कोमल उनकि आमालाई त्यागेर एक्लै तपस्या गरे तर म मेरा कैयौन आफन्तिलाई त्यागेर प्रेमिकाको लागि तपस्या गरे कैयौपटक मेरि आमालाई रुवाए । बारम्बार मेरो लागि अरबमा पसिना बगाउने बाबाको लगानिको कहिल्यै कदर गरिन ।
उज्जल भविश्यको लागि काठमाडौँ छिरेको म मेरि उनिको उज्जलताको लागि पछाडि दौडिरहे, चोरको पछाडि पुलिश दौडियझै । बुद्धले दुःखमा नआत्तिनु भनेको कुरा जताततै पढेको थिए त्यसैले पनि यो मरेर बाचिरहेको जीन्दगिलाई बारम्बार मार्दै बचाउदै गरिरहे । आजभोलि त दया,माया र स्नेह भनेको के हो भनेर उनै बुद्धलाई थाहा होला भनेर भन्नुपर्ने अवस्था आइसक्यो नै मनलाई किन यति साह्रो दुःख दिन्छ हे बुद्ध आज मलाई हजुर जस्तै तपस्या गरेर बस्न मन छ ।
म कहाँबाट सुरु गरौ मेरो नौनि जस्तो मनलाई पत्थर बनाउनरुम हजुरले तपस्या गरेको पिपल कै फेदमुनि बसेर हजुरलाई सम्झिरहेको छु किन दिनुभएन उनलाई नौनी जस्तै मन अनि मलाई किन दिनुभएन पत्थर जस्तै मन।म पनि त हजुर जन्मेकै ठाउ वरिपरि जन्मिएको हु फरक यति थियो तपाइको माता पिपलको सहारा लिनु भो मेरो माताले दलिनमा डोरिको सहारा लिनुभो।
हे बुद्ध अब मलाई दया,माया र स्नेह होइन कालिदाश जस्तै मुर्ख बनाउनुहोस।म मुर्ख बन्न चाहान्छु।रत्नाकार जस्तै फटाहा बनाउनुहोस म चोर बन्न चाहान्छु।हिटलरको जस्तै मन दिनुहोस म कठोर बन्न चाहान्छु ।
– BIRENDRA KHANAL



तपाईको प्रतिक्रिया