सितराम अग्रवाल
तमलोपा, केन्द्रीय सदस्य
महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीसम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा असार २४ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तर सोही पार्टीका केन्द्रीय सदस्य सिताराम अग्रवाल अब मधेशमा आन्दोलन सम्भव छैन भन्नुहुन्छ । मधेशी जनता मधेशी नेताको पक्षमा छैन, मधेशी जनता मधेशी नेतालाई पत्याएको छैन् त्यही भएर आन्दोलनको संभावना नरहेको बताउनु हुने अग्रवालसँग सहारा टाइम्सले गरेको कुराकानीको मुख्य अंशः
भोलीदेखि (असार २६ गते) मधेशवादी दलहरु आन्दोलनको घोषणा गरेको छ, आन्दोलन होला त ?
–मलाई विश्वास लाग्दैन कि यी मधेशवादी दलले आन्दोलन गर्न सक्छ । यिनीहरुले भन्दैमा मधेशमा अब आन्दोलन हुँदैन किनभने मधेश जनता मधेशवादी दलको पक्षमा छैन । मधेशी जनताले मधेशी दलमाथि विश्वास गर्दैनन् । विगतदेखि उनीहरुको क्रियाकलाप देखेका कारण यिनै नेताहरुबाट अब आन्दोलन सम्भव छैन । यी नेताहरुबाट पहिला नै मधेशी जनता धेरै धोका पाएका छन् अब जनताले त्यस्तो गल्ती गर्ला जस्तो लाग्दैन ।
भनिन्छ, यो मधेश आन्दोलनलाई भारतको सहयोग छ, यो सही हो ?
–यो एकदम गलत कुरा हो । मधेश आन्दोलनलाई भारतको कुनै सहयोग छैन । भारतले कुनै पनि हालतमा नेपालमा सविधान निर्माण भएको चाहन्छन् । नेपालमा जुन प्रकृयाबाट सविधान निर्माण भइरहेका छन् त्यसबाट खुश छन् उनीहरु । त्यसमा सहयोग गर्न चाहन्छन् । मोदीले प्रधानमन्त्री सुशिल कोइरालालाई फोन गरेर बधाई दिसकेका छन् । यसैबाट बुझ्नुस् कि भारत के चाहन्छन् । भारतले मधेशलाई किन सहयोग गर्छन् । यसको कारण के हुनसक्छ । मधेशको आन्दोनललाई सघाउनमा भारतको कुनै स्वार्थ छैन । अर्को कुरा मधेशको समस्या के हो । मधेश के चाहन्छन् । त्यो कुराको जानकारी भारतलाई मात्र होइन कि कसैलाई दिएको छैन । अन्तरराष्ट्रिय जगत कसैले पनि मधेशको आन्दोलनला«ई समर्थन गरेका छैन ।
त्यसो भए आन्दोलनको कुनै चान्स छैन ?
–यो सविधान निर्माण गर्नमा कर्सैले रोक्न सक्दैन । जति विरोध गरे पनि, जाति आन्दोलन गरेपनि सविधान निर्माण भइ छाड्छन् । अर्थात मधेशवादी दलको यो आन्दोलनले सविधान निर्माणमा कुनै प्रभाव पार्दैनन् । यो आन्दोलन विना तयारी भइरहेका छन् । नपार्टीमा कुनै सल्लाह छ नकुनै विज्ञसँग सल्लाहका गरेका छन् । पार्टीले आन्दोलन गर्दैछन् भने कुरा म पत्रपत्रिकाबाट थाह पाएको छु जबकि म त्यो पार्टीको केन्द्रीय सदस्य हुँ । मलाई कसैले आन्दोलनमा जानु पर्यो भने कुन आधारमा जान्छु । नपार्टीको कुनै निर्देशन आएको न कुनै सर्कुलर आएको छ । अर्थात मेरो भन्नु के छ भने पार्टीमा समेत कसैले जानकारी गराएको छैन । आन्दोलनप्रति कसैलाई कन्भिन्स गरेको छैन भने अन्तराष्ट्रि जगतलाई, मधेशी जनतालाई, अन्य समुदायलाई कसरी कन्भिन्स गर्न सक्छ । जब सबै तिर आन्दोलनप्रति कन्भिन्स हुँदैन तब सब आन्दोलन हुने कुनै सम्भावना छैन ।
त्यसो भए सविधान मस्यौदाप्रति तपाईको पूर्ण समथृन छ ?
–यो मस्यौदाप्रति कुनै समर्थन छैन । म आफै त्यसको विरोध गरिरहेको छु । चारैतिरबाट जसरी मस्यौदाको विरोध भइरहेका छ त्यस्तै विरोध आफ्नो पनि हो । मेरो भन्नु मात्र यति हो कि जुन अवस्थामा जसरी आन्दोलन गरिरहेका छन् त्यो सफल हुन सक्दैन ।



तपाईको प्रतिक्रिया