Khadya Bibhag

छोराद्वारा आमाको हत्या

महोत्तरी असार २५ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा शुक्रबार बिहान एक छोराले आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ ।
जिल्लाको गौशाला नगरपालिका वडानं. ७ बस्ने परिया देवी सदालाई उनकै छोरा अनिल सदाले बेल्चा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार बिहान मदिरा सेवन गरी आएका छोरालाई आमाले सम्झाउँदै गर्दा एक्कासी आवेशमा आएका छोराले बेल्चाले आमाको घाँटीमै प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

खबर पाएर तत्कालै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गौशालाले छोरालाई नियन्त्रणमा लिएका थिए भने शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया