काठमाडौ असार २४ गते । मधेशी पत्रकार संघ उपत्यका समितिले आज प्रस्तावित मस्यौदामा नागरिकताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बानेश्वस्थित मसाला कटेजमा जारी सा कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतो, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमकी रेणु यादव, तमलोपाकी चन्दा चौधरी, पुष्पा ठाकुर, अभियन्ता रिता साह लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा वक्ताहरुले आआफ्ना धारणा राखिरहेका छन् ।
वरिष्ठ पत्रकार अनिल अनलले नागरिकताको समस्या आजको होइन, नेपालमा पहिलादेखि नै यस्तो समस्या देखिएका हो । र, अहिले आएर यो समस्या झन बढेको बताए । नागरिकताको समस्या देख्दा भूटानको समस्यासँग मिल्दो जुल्दो रहेको बताए ।
मस्यौदाको बुँदा हेर्दा कुनै पनि स्पष्ट छैन, उनले भने, सभासद्हरुलाई के कुराको हतार भयो । कहिल आमा वा बुवा, कहि आमा र बुवा लेखेका छन् भने कतै माथि जे लेखिएका छन् त्यही लागु हुने लगायतका कुरा लेखेका छन् । यसबाट के बुझ्न सकिन्छ भने नेताहरु आफूमा स्पष्ट छैन ।
अधिवक्ता सुनिल रञ्जनले यो सविधानको मस्यौदा होइन, यो कुनै संस्थाको विधान जस्तो हो लागेको बताए । एमालेमा सबभन्दा बढी एनजीयो चलाउने व्यक्ति हुन्छन् र उनीहरुको दिमागबाट यस्तो मस्यौदा आएको हो, उनले भने, मधेशको हकमा जे जस्तो प्रावधान राखेपनि महिलाको हकमा एकदमै तल्लो स्तरबाट देखाइएको छ ।
जबसम्म पहाडि समुदायको मानसिकतामा परिवर्तन हुँदैन तबसम्म मधेशीले अधिकार पाउन धेरै गाह्रो छ, उनले भने अधिकार प्राप्तीका लागि मधेशीहरु एक हुनुपर्ने कुरामा जोड दिए ।



तपाईको प्रतिक्रिया