Khadya Bibhag

अधिकार प्राप्तका लागि संघर्षबाहेक अरु कुनै विकल्प छैन–रेणु यादव

काठमाडौ असार २४ गते । मधेशी पत्रकार संघ उपत्यका समितिले आज प्रस्तावित मस्यौदामा नागरिकताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बानेश्वस्थित मसाला कटेजमा जारी सा कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतो, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमकी रेणु यादव, तमलोपाकी चन्दा चौधरी, पुष्पा ठाकुर, अभियन्ता रिता साह लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा वक्ताहरुले आआफ्ना धारणा राखिरहेका छन् । संघीय समाजवादी फोरमकी नेतृ रेणु यादवले मस्यौदामा आफ्नो अधिकार ल्याउनका लागि काठमडौमा पनि आफ्नो उपस्थिति जनाउनु पर्ने बताए । उनले सिहदरवारको अगाडि २५ हजार मधेशी उभ्याई दियौं भने सत्ताधारीको अवस्थ खराब हुने दावी गरिन् । उनले मधेशीले आफ्नो शक्ति देखाउनु पर्ने कुरामा जोड दिए ।
केन्द्रमा बलियो रहेका उनीहरु अहिले स्थानीय निकायलाई बलियो बनाउन लागेको बताउँदै उनले सविधानको  हुने बताए । अब हामीले पनि मस्यौदाको विरोध जनतालाई उठाउनु पर्ने आवश्यकता रहेको छ, उनले भने, यसमा पत्रकार, नागरिक समाज, बुद्धिजिविहरु पनि संघर्षमा उत्रिनु पर्छ । उनले विना संघर्षले केही पनि प्रप्त नहुने बताए ।

तपाईको प्रतिक्रिया