राकेश यादव
रौतहट, असार २० गते । रौतहटका सदमूकाम गौर नागरपालीकाका कार्यकारी अधीकृत सुनिल यादवलाई तीनलाखको कार्यदेश दिनकालागि सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद आलमले गाली बेइज्जती गर्नुको साथै बलपूर्वक पेश आएको यादवले आरोप लगाएका छन् ।
दोषीलाई कारवाहीको माग गर्दै गौर नगरपालिकालगायत अनिश्चितकालिन जिल्लाको तीनवटै नगरपालिका बन्द भएका छन् । यता सदभावनाका जिल्ला अध्यक्षले आफू जनप्रतिनिधीको नाताले नगरपालीकामा बिजुलीबती सरसफाई लगायतका बिषयमा सूचना लिन खोज्दा आक्रोश र अमर्यादीत ढंगबाट पेस आएपनि आफू सयममित रहेको अध्यक्ष आलमले दावी गरेका छन् ।
आर्थिक मसान्तको अन्त्यतिर आएर सदभावनाका अध्यक्ष बल पूर्वक तीन लाखको कार्यादेश दिन दवाव दिएपछि कार्यकारी अधिकृत यादवले अहिले कार्यादेश दिन नमिल्ने भन्ने बित्तिकै अध्यक्ष जमशेदसहितका केही व्यक्तिहरुले गाली गलौज गर्दै कठालो समातेर कुटपिट गरेको विरोधमा स्थानीय निकाय कर्मचारी संघ र नेपाल नगरपालिका कर्मचारी एशोसिएशनले दोषीलाई स्थानीय प्रहरी प्रशासनले कारवाही नगरेसम्म अनिश्चितकालिन गौर नगरपालिका, गरुडा नगरपालिका र चन्द्रपुर नगरपालिको सम्पूर्ण कामकाज बन्द गरिएको छ ।
चन्द्रपुर नगरपालिकाको कार्यकारी अधकृत किरणनिधी तिवारी र गरुडा नपाका प्रमुख जयनारायण श्रीवास्तवले आफ्ना सहकर्मीलाई दुव्र्यवहार गरी मार्ने धम्की दिएको विरोधमा दोषीलाई कारवाही नभएसम्म कार्यालय बन्द गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गौर नगरपालिकाका कार्यकारी अधिकृत यादवलाई दुव्र्यवहार गरेको विषयमा स्थानीय प्रशासनले छानविन गरी दोषी पाइएमा जमशेद लगायतका व्यक्तिहरुलाई कारवाही गर्ने जानकारी दिए ।



तपाईको प्रतिक्रिया