Khadya Bibhag

संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगािड बढेपछि मधेशवादी राजनीतिमा नयाँ ध्रवीकरणको सम्भावना

काठमाडौँ १९ असाढ ।प्रमुख मधेशी दलहरुलाई बेवास्ता गर्दै संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगािड बढेपछि मधेशवादी राजनीतिमा नयाँ ध्रवीकरणको सम्भावना देखिन थालिएको छ ।  
प्रमुख चार दलको १६ ब’ुदे सहमतिले संविधानसभाका ८ दलसम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा छिन्नभिन्न भएपछि मोर्चाभित्रका केही दल र मोर्चाबाहिर रहेका केही दलबीच नयाँ मोर्चाबन्दीको तयारी सुरु भएको छ । 
मातृका यादवको नेतृत्वमा रहेको मधेशी राष्टिय आन्दोलन समिति नेपालका सहसंयोजक गोपाल ठाकुरका अनुसार मधेश आन्दोलनको भावनाविरोधी संविधान निर्माणले तीब्रता लिएको  परिपेक्ष्यमा मधेशमा नयाँ संघर्षका लागि नयाँ मोर्चाबन्दीको गहृकार्य चलिरहेको बताए .
पुरानो मधेशी मोर्चामा रहेका मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी तथा मोर्चाबाहिर रहेका जयप्रकाश गुप्ताको तराई मधेश राष्टिय अभियान र मातृका आदव नेतृत्वको आन्दोलन समितिबीच नयाँ मोर्चाबन्दी निर्माणका लागि केही चरणमा वार्ता भएको ठाकुरले बताए।
अशोक राईको संघीय समाजवादी पार्टी नेपाल, युवराज कार्कीको खस समावेशी राष्टिय पार्टीसँग फोरम नेपालले पार्टी एकीकरण गरेर राष्टिय पार्टीको स्वरुप ग्रहण गरेपनि मधेशी पार्टीहरुले फोरम नेपाललाई मधेशकेन्द्रित पार्टीकै रुपमा मान्यता दिँदै आएका छन् । 
नयाँ मोर्चाबन्दी निर्माणमा सक्रिय एक जना वरिष्ठ नेताका अनुसार मोर्चा बनाएर मधेशी नेताहरु पटक पटक सरकारमा गएकाले मधेशी मोर्चा शब्दावली नै बदनाम भइसकेकोले नयाँ मोर्चा भन्दा पनि संघर्ष समिति निमार्णका विषयमा छलफल भइरहेको छ ।
उनले कुन कुन पार्टी र संगठन तथा केके उद्देश्य प्राप्तिका लागि संघर्ष समिति बनाउने भन्ने विषयमा अन्तिम निधो नभएपनि पहिचानमा आधारित संघीयतासहितको संविधान निर्माणका लागि मधेशमा नयाँ र क्रान्तिकारी ध्रवीकरणको आवश्यकता महसुस गरिएको बताए ।
मधेशको पछिललो राजनीतिक घटनाक्रममा क्रियाशील ठाकुरका अनुसार नयाँ मोर्चाबन्दीबारेको छलफल प्रारम्भिक चरणमै रहेकोले धेरै विषयबारे छिनोफानो हुन बाँकी नै छ .
यसैबीच, नयाँ मोर्चाबन्दी गर्न लागेका मधेशवादी पार्टीका नेताहरु भारतीय राजदूतलाई भेट्न शुक्रबार लैनचौरस्थित भारतीय दुतावास गएका थिए ।
भेटमा सहभागी नेताहरुले उनीहरु आफ्नै पहलमा भारतीय राजदुतलाई भेटन लैनचौर गएको बताएका छन् भने दुतावास सुत्रका अनुसार राजदुतको आग्रहमा संविधान निर्माणको वर्तमान प्रक्रियाको विपक्षमा रहेका मधेशी नेताहरु दुतावास पुगेका थिए ।
उच्चस्तरीय सुत्रका अनुसार प्रमुख चार दलको संविधान निर्माण प्रक्रियाबाट लैनचौरस्थित भारतीय दुतावास पनि प्रसन्न नरहेकोले मधेशी नेताहरुमार्फत् ठुला पार्टीलाई दवाव दिनका लागि आग्रह गर्न उनीहरुलाई राजदुतले बोलाएका थिए ।
छिन्नभिन्न अवस्थामा रहेका मधेशी पार्टीहरुले नयाँ मोर्चाबन्दी गरेर आन्दोलनमा जाओस् भन्ने पक्षमा भारतीय दुतावास पनि रहेको सुत्रको दाबी छ ।
राजदुतसँगको बैठकमा सहभागी एक नेताका अनुसार तीन राजनीतिक पार्टी तथा तत्कालीन सरकारले तीन मधेशी पार्टीसँग गरेको ८ ब’ँदे सम्झौताको मध्यस्थकर्ता दुतावास रहेकोले त्यस सम्झौताअन’सार संघीयतासहितको संविधान निर्माणका लागि कांग्रेस, एमाले र एमाओवादीमाथि दवाव दिनका लागि आग्रह गर्न उनीहरु भारतीय दुतावास गएका थिए . 
राजदुत रञ्जित रेसँगको भेटमा तमलोपामा अध्यक्ष. महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थिए । 

तपाईको प्रतिक्रिया