Khadya Bibhag

सङ्घीयताबिनाको संविधान जारी भए सङ्घर्ष गर्ने

पोखरा, असार १८ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयताबिनाको संविधान जारी भए सङ्घर्षमा उत्रने चेतावनी दिनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालले आज यहाँ आयोजना गरेको मेची–काली सन्देशसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र भइरहेको आरोप पनि लगाउनुभयो ।
सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सुरुमा पहिचानको मुद्दा उठाउने र बीचमा छोडेर धोका दिने एमाओवादीले संविधानसभामा प्रस्तुत गरेको सातबुँदे फरक मतलाई ‘गोहीको आँशु’को सङ्ज्ञा दिनुभयो ।
उपाध्यक्ष रेणु यादवले सङ्घीयताबिनाको संविधान आफूहरुका लागि स्वीकार्य नभएको बताउनुयो ।
जिल्ला संयोजक दीपक तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तमु धीँ नेपालका अध्यक्ष कर्म तमु, वुद्धिजीवी सुन्दर गुरुङ, केन्द्रीय सदस्य धनप्रसाद तामाङ, राजन केसीलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष यादवले गोरखाको बारपाकमा रहेका भूकम्पपीडितको उद्धारमा सहयोग गर्ने महानुभावलाई सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया