काठमाडौं,असार १२– मधेशी पत्रकार समाज द्धारा राजधानमिा आयोजित एक अन्तक्रिया कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले पहिचान र संघीयता बिनाको संविधान जारी गर्न खोजेमा हात परेकै दिन सद्गद् शुरु गर्ने बताएका छन् । त्यो कार्यक्रमा ठाकुरले भने, त्यही पुरानोे नेपाल आउनेवला छ त्यस्तो कुनै नयाँ किसिमको नेपाल आउने सम्भावना छैन्, र मधेश आन्दोलनको उपलब्धीहरु अन्तिरिम संविधानमा भए पनि अग्रगामी संविधानमा त्यसको कुनै मान्य हुनै छैन र ‘त्यस्तो अपाड्ड संविधानलाई सद्गद् नगरे प्रेत बन्छ, जुन बडा दुःखदायी हुन्छ ।’
सोह्र बुँदे सहमति गरेर चार दलले संघीयताको नामो निशान मेटाउन खोजेको आरोप लगाउँदै नेता ठाकुरले एक भाषा र एक भेषको पहिचानका आधारमा बन्न लागेको संविधानका विरुद्ध सम्पूर्ण मधेशी समुदाय एक भएर आन्दोलनमा जानुपर्ने कुरामा जोड दिए । उनले भने–‘उत्पीडित समुदायको पहिचानमा कुठाराघात गर्न खोजिएको छ यस्तो कदमबिरुद्ध कडा संघर्षमा जानुको विकल्प छैन ।’
नेपाली कांग्रेसका सभासद् अमरेश कुमार सिंहले चार दलको बीचमा भएको १६ बुँदे सहमतीलाई एमाले अध्यक्ष केपी ओली डक्ट्रिनको संज्ञा दिए । उनले भने–‘नयाँ संविधान केपी ओली डक्ट्रिन अनुसार बन्दैछ, यो सुशील र प्रचण्ड डक्ट्रिन हैन । यसमा मधेशी, महिला र दलितहरुलाई अधिकार दिइएको छैन ।’
एमाले अध्यक्ष केपी ओलीलाई छाँया प्रधानमन्त्रीको संज्ञा दिँदै सभासद् सिंहले भने–‘छाँया प्रधानमन्त्री मात्रै हुँदा केपी ओलीले दलित,जनजातीलाई तबाहा गरिसके, सँच्चै प्रधानमन्त्री भएपछि उत्पीडितहरुको हालत के होला ?’
सभामुख सुवासन्द्र नेम्वाङलाई कानुनको विद्यार्थी भएर पनि अन्तरिम संविधानको धज्जी उडाएको आरोप लगाउँदै उनले भने –‘सभामुखले संघीयताबिनाको संविधान निर्माण कार्य अगाडी बढाउन मिल्दैन, यदि यहि कारण भोली देश विखण्डन भयो भने कसले जिम्मा लिन्छ ?’
त्यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयता बिनाको संविधान जारी गर्ने दुस्साहस गरे संविधानसभा छाडेर जनताको बीचमा जाने घोषणा गरे । उनले भने–‘अब चार दलसँग संवाद गर्दैनौं दबाब दिन्छौं, अनि संविधान जारी हुनुअघिनै हामी आफ्नो रुप देखाउँछौं ।’
त्यस्तै कार्यक्रमका अर्का अतिथी तुलानारायण शाहले १६ बुँदे सहमति मधेशी समुदायका लागी आपत्तिजनक भएको उल्लेख गरे । त्यति ठूलो सहमती गर्दा कुनै पार्टीका मधेशी नेताहरुसँग नसोधेको उल्लेख गर्दै शाहले भने–‘प्रक्रियामा लुकेको विभेदकारी सहमतिले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्छ ।’
चार दलले सहमतिका नाममा दादागीरी गरेको आरोप लगाउँदै शाहले भने, ‘संघीयता बिनाको संविधान आजको मधेशले स्वीकार गर्नैै सक्दैन ।’
त्यस्तै नेकपा–माओवादीका अध्यक्ष मातृका यादवले वर्तमान संविधानसभामा मधेशीहरु बारम्बार अपमानित हुनुपरेको भन्दै संविधानसभामा बस्न जरुरी नभएको बताए । मञ्चमा आसिन नेताहरु उपेन्द्र यादव,महन्त ठाकुर र राजेन्द्र महतोलाई प्रश्न गर्दै यादवले भने, ‘बारम्बार अपमानित भएर यो संविधानसभामा बस्न के जरुरी छ ?’ यादवले १६ बुँदे सहमतीको विरुद्धमा सम्पूर्ण मधेशी दलहरु एक भएर विद्रोहमा जानुपर्नेमा जोड दिए ।


तपाईको प्रतिक्रिया