Khadya Bibhag

आगो लगाई नवविवाहित युवती गरिन आत्महत्या

राकेश यादव, रौतहट, ९ असार बिगतका तूलनामा अहीले रौतहटमा महीला हिंसा बढेका छन । रौतहटको मुडवलवा गाविसमा एक विवाहिता महिलाले शरिरमा मटितेल छर्किएर आगो लगाइे  आत्महत्या गरेका छन ।
स्थानीय विनोद जयसवालकी १९ बर्षिया छोरी अंजली कुमारी देवीले घर भित्र रहेको शौचालयमा गई जिउमा मटितेल खन्याएर आगो लगाइ आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
वुधवार विहान ५ बजेको समयमा घरका सदस्यहरु सुतिरहेको अवस्थामा अंजलिले शरिरमा आगो लगाएका थिए । शौचालयको ढोका वन्द गरेर आगो लगाएपछि भित्रवाटै चिच्याएको आवाज सुनेर घरका सदस्य सहित छिमेकीहरु पुगेपछि शौचालयवाट आगोको मश्लो देखेर ढोका खोल्न प्रयास गर्दागर्दा युवति जलेर खरानी भइसकेको प्रहरीले बताए ।
यही बैशाख ७ गते भारतको सितामढिमा विवाह भएपछि अंजलिको मानसिक सन्तुलन खराब भएको थियो । आगलगिको कारण खुल्न सकेको छैन र घटनाको विषयमा अनुसनधान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल
गौरमा राखिएको प्रहरी निरेक्षक नवराज खडकाले बताएका छन ।

तपाईको प्रतिक्रिया