राकेश यादव, रौतहट, ९ असार । रौतहटको रामपुर खाप प्रहरी चोकीमा कार्यरत रहेका एक प्रहरी जवानले आफनै कन्चटमा गोली प्रहार गरेको छ ।
स्थानीय रामपुर खाप प्रहरी चोकीमा कार्यरत रहेका २६ बर्षिय प्रहरी जवान लालबाबु चौहान बुधवार विहान सेन्ट्री पोष्टमा डिउटीमा बसिरहेको अवस्थामा राइफलले आफनै कन्चटमा गोली हानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गोली प्रहारवाट गम्भिर घाइते भएर अचेत भएका प्रहरी जवानको ज्यान गइसकेको भनेर अस्पतालमा ल्याउदा अस्पतालका चिकित्सकले साश चलिरहेको र प्रहरी जवान जिउदै रहेकाले थप उचारका लागि विरगंज पठाएको छ । पर्सा जिल्लाको सिर्सिया गाविस वडा नम्बर ५ घर भएका चौहान आफैले कन्चटमा गोली हानेका थिए ।
बिहान २ बजे देखि सेन्ट्रि ड्युटीमा खटिएका प्रहरी जवान चौहानले बिहान पौने पाँच बजे राइफलले कन्चटमा गोली हानेको मातहतले जानकारी गराएपछि रौतहटका प्रहरी उपरिक्षक सानुबाबु थपलीया सहितका टोलि घटना स्थल पुगेका थिए । चौहानको कन्चटमा गोली लागि टाउँको हुदै निस्कीएकोमा गिद्दी समेत देखा परिरहेकोले गौर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज पठाइएको अस्पतालका चिकित्सक डाक्टर मनोज कौशलले बताए ।
२०६४ साल फागुन ११ गते नेपाल प्रहरीमा भर्ना भएका चौहानको एक श्रीमति र दुइ छोरी रहेको बुझिएको छ । प्रहरी जवान चौहान चार दिनको घर विदा सकेर असार ७ गते फर्किएपछि झोक्रिएर बसिरहेको अवस्थामा घरायसी समस्याको कारण गोली हानेको हुन सक्न आशंका गर्दै प्रहरी उपरिक्षक थपलियाले नेशनल मेडेकल कलेजमा उपचार हुन नसक्दा न्यूरो अस्पताल काठमाण्डौ लगिएपनि उनको अवस्था निकै गम्भीर रहेको उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया