Khadya Bibhag

मन्त्री गुप्ताको श्रीमतीका यस्ता छन् आरोपहरु (भिडियोसहित)

  पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् । सोमबार प्रकाशित हुने एक साप्ताहिकमा अन्तर्वार्ता दिदै उनले सो कुराको खुलासा गरेकी हुन् । उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूलाई दाइजो नल्याएको आरोपमा यातना दिँदै आएको खुलासा गरेकी हुन् ।
सामाजको प्रतिष्ठित व्यक्तिले अरुलाई समेत दाइजो नलिन आग्रह गर्नुपर्नेमा दाइजोका लागि आफूमाथि नराम्रो गरेको पनि उनले बताइन् । आफ्नो श्रीमान् गुप्ताले ज्यादती गर्न नछाडेको आरोप संगीता संगिताको छ ।
‘विहे गरेर आए लगत्तैदेखि दाइजको निहँुमा सताउन थालेको आरोप लगाउँदै  उनले आफूसँग स्कोर्पियो गाडी मागेका आरोप लगाइन् । देशको कानूनमन्त्री भइसकेको मान्छे, यस्तो नगर्नूस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपर्नेमा तपाईं आफै ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उहाँले ममाथि धेरै ज्यादति गर्नुभयो’ उनले भनिन् ।
संगीताले आफूलाई गुप्ताले अप्राकृतिक मैथुन गर्नमसेत बाध्य पारेको आरोप लगाएकी छिन् । उनले आफ्नै श्रीमानबाट आफू पटकपटक बलात्कारको शिकार भएको आरोप लगानइन् । ।
त्यस यसक्रममा दुई पटक गर्भपतन समेत भएको तर परिवार बिग्रन नदिने आफूले यातना भोगेर पनि धेरै प्रयास गरेको बताएकी छन् ।
गुप्ताले ज्यान मार्ने धम्की दिएर सम्बन्ध विच्छेदका लागि दबाब दिएको आरोप पनि उनको छ । धम्की दिएर आफूलाई चार महिनाअघि घर निकाला गरेकाले माइतीको शरणमा लुक्दै हिंडेको उनको भनाइ छ । ‘छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने ।’
गुप्ता र उनका परिवारका सदस्यले अरु मान्छे प्रयोग गरेर बलात्कार प्रयाससमेत गराउन खोजेको आरोप संगीताले लगाएकी छन् । ‘म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमानबाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार प्रयास समेत गरेका छन्’, संगीताले भनेकी छन् ।
उनले प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको र महिला आयोगले दुईपटक छलफलका लागि बोलाउँदासमेत गुप्ता नआएको बताइन् । भारत माइती भएकी उनले आफ्नो कानूनी लडाइँमा सम्पूर्ण नेपालीको साथ पाउने विश्वास लिएकी छन् ।
[youtube=https://www.youtube.com/watch?v=pAPzOpRcD9I&w=320&h=266]

तपाईको प्रतिक्रिया