काठमाडौं, असार ८ – गत वैशाख १२ र २९ गतेको भूकम्पपछिको पुर्न्र्निमाणका लागि विश्व बैंकले नेपाललाई ५० करोड डलर सहयोग गर्ने भएको छ । सहयोग रकम मध्ये २० करोड डलर ग्रामिण क्षेत्रमा घर बनाउनका लागि दिइनेछ भने १० करोड डलर नेपाल सरकारको बजेट र बैंकिङ क्षेत्रको सुदृद्धिकरणका लागि दिइने विश्व बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । बाँकी १० देखि २० करोड डलर नेपालमा हाल संचालमा रहेका कार्यक्रमबाट निकालेर पुनर्निर्माणमा प्रयोग गरिने बताइएको छ । सञ्चालनमा रहेका कार्यक्रमबाट झिकिएको रकम सोध भर्ना गरिने समेत उल्लेख गरिएको छ ।
सहयोग रकम घोषणा गर्दै विश्व बैंकका अध्यक्ष जिम योङ किमले विश्व बैंक यस कठिन घडिमा नेपाली जनताको साथमा रहेको बताएका छन् । ‘हामी नेपाल सरकार र हाम्रा अन्तर्रा्ष्ट्रिय साझेदारहरुसँग मिलेर पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन काम गरिरहेका छौं । हामी भूकम्पबाट पीडितहरुका लागि सक्दो सहयोग गर्न तयार छौं,’ किमले भने ।
विश्व बैंकले ५० करोड डलरको सहयोगको साथमा साथमा मल्टी डोनर ट्रस्ट फन्ड (एमडिटिएफ) पनि स्थापना गर्ने तयारी गरेको बताएको छ । यसबाट नेपालको पुनर्निर्माणका लागि यसबाट दाताहरुलाई वित्तिय समन्वय गर्न सहयोग गर्न पुग्ने विश्वबैंले जनाएको छ । गत हप्तामात्र नेपालले पीडिएनए रिपोर्टमा नेपालको पुनर्निर्माणका लागि ६.७ अर्ब डलर लाग्ने उल्लेख छ ।



तपाईको प्रतिक्रिया