Khadya Bibhag

१६ बुँदे सम्झौतामा विवाद

काठमाडौं,असार ८ गते – संघीयतालाई थाती राखी असार मसान्तभित्रै संविधान जारी गर्न चार दलको उच्च् तहमा भएको १६ बुँदै सहमतिलाई सम्बन्धित पार्टी्िभत्रैबाट चुनौती उत्पन्न भएको छ । चार दलभित्रकै करिब डेढ सय सभासद्हरुले १६ बुँदेले यसअघि मधेसी, दलित, महिला र सीमान्तकृतका पक्षमा भएका सहमति उल्लंघन गरेकाले त्यसलाई सच्याउँदै अगाडि बढ्न आग्रह गरेका छन् । ‘१६ बुँदे सहमति र त्यसका आधारमा तय भएको संवाद समितिको प्रतिवेदनले संविधानसभाभित्र यसअघि नै भएको सहमतिलाई समेत उल्ट्याएको छ,’ कांग्रेस सभासद् मीन विश्वकर्माले भने,‘विगतका सहमतिअनुसार १६ बुँदे संशोधन गरेर संवाद समितिको प्रतिवेदन नसच्याए हामी संविधानसभाभित्रै आन्दोलन गर्छौं ।’ १६ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका साथै अन्य दलका समेत दलित, जनजाति, महिला, मस्लिम सभासद्हरुले संविधानसभा अध्यक्ष र पार्टी नेतृत्वलाई भेटेर संवाद समितिको प्रतिवेदनलाई विगतका सहमति र अघिल्लो संविधानसभाका निर्णयअनुसार सच्याउन माग गरेका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया