Khadya Bibhag

सरकारले दलीतको लागि गरेको सहयोग सही प्रयोग भएन ; सभासद श्रेष्ठ

सर्लाही ०६ असार । दलीत संगठन मञ्च सर्लाहीको आयोजना तथा लालबन्दी नगरपालीकाको सहयोगमा स्वास्थ्य सरसफाई तथा खुल्ला दिसा मुक्त क्षेत्र सम्बन्धी  २ दिने जनचेतना मुलक अभिमुखी करण कार्यक्रम लालबन्दीमा सुरु भएको छ ।  दलीत संगठन मञ्च सर्लाहीका अध्यक्ष भक्त वि.कको सभापतित्व तथा एमाओवादी सर्लाही क्षेत्र नं. १ का सभासद सम्भुलाल श्रेष्ठको प्रमुख अतिथीमा भएको कार्यक्रममा लालबन्दी नगरपालीकाका निमिक्त कार्यलय प्रमुख सरोज जंग राणाले विशेष अतिथ्यता जनाउनु भएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नगर कमिटी प्रमुख, एमाओवादी नगर प्रमुख, काग्रेस नगर प्रमुख,एमाले नगर प्रमुखहरुको उपस्थिती रहेको छ ।कार्यक्रमका प्रमुख अतिथी तथा एमाओवादी सर्लाही क्षेत्र नं. १ का सभासद श्रेष्ठले  दलीतहरु अरुको कारण नभई आफ्नै कारणले अगाडी बढ्न नसकेको बताउनु भयो । शिक्षा सरसफाई लगायत हरेक कुरामा अलस्यता देखाएका कारण सरकारले दलीतहरुको लागि गरेको सहयोगको सही प्रयोग हुन नसकेको  सभासद श्रेष्ठको भनाई छ । अरुको मुख ताक्ने तर आफुहरु चैँ केही गर्ने हिम्मत नराख्ने प्रवृतीको अन्त्य गरेर जागरुक बन्न उहाँले सुझाब दिनु भयो । २०७२ साल भित्रमा सर्लाहीलाई खुल्ला दिसा मुक्त जिल्ला बनाउने अभियानलाई सहयोग पुर्याउने योजना अनुसार आफुहरुले कार्यक्रम सुरु गरेको कार्यक्रमका सभापति वि.कले जानकारी दिनु भयो । उहाँका अनुसार  सरसफाईको आवश्यकता,पछिल्लो समयमा  दलीतको अवस्था,चर्पीको आवश्यकता , प्रयोग र निर्माण लगायतका सम्बन्धमा कार्यक्रममा छलफल तथा तालीम हुदैछ । सरसफाई तथा खुल्ला दिसा मुक्त बनाउनु किन आवश्यक छ । खुल्ला दिसा मुक्त बनाउनमा दलीतको भुमिका के हुन्छ ? र किन आवश्यक छ लगायतका सम्बन्धमा छलफल हुदैछ । थकाली खाजा तथा भान्सा घर एण्ड लजमा सुरु भएको कार्यक्रममा सर्लाहीका विभिन्न स्थानबाट दलीत समुदायका करिब १०० जनाको  सहभागीता रहेको  कार्यक्रम आईतबारदेखी र सोमबारसम्म सञ्चालन हुने  सभापति वि.कले जानकारी दिनु भयो 

तपाईको प्रतिक्रिया