![]() |
| Add caption |
काठमाडौं, असार ४ – १६ बुँदे समझदारी संविधानविपरीत भन्दै सर्वोच्च अदालतको आदेश आएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले शीर्ष बैठक बोलाएका छन् ।
बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख चार दलका शीर्ष नेता उपस्थित छन् । बैठकमा कांग्रेसका तर्फबाट सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला, उपसभापति रामचन्द्र पौडेल, एमाले कार्यवाहक अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष भीम रावल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत छन् ।
अधिवक्ता विजयकान्त कर्णको रिटमा सर्वोच्च अदालतले समझदारीले थप क्षति निम्त्याउने भन्दै अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चको फैसला स्वागत योग्यः तमलोपा
तराई मधेश लोकतान्त्रिक पार्टीले चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्ने सम्बन्धमा सर्वोच्च अदालतले गरेकोे आदेशलाई स्वागत गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा सर्वोच्चको आदेश अन्तरिम संविधानको मर्म र भावना अनुरुप रहेको भनिएको छ । उक्त आदेश जनताको पक्षमा रहेको भन्दै तमलाेपाले स्वागत गरेको हो ।




तपाईको प्रतिक्रिया