Khadya Bibhag

बस्तीका सबै बालवालिका कलिले उमेरमा बिवाहित

 राकेश यादव, अषाढ ४ रौतहट ।  छ बर्षिया वालिका सुगान्धिया देवी डोमको एकबर्ष अघि नै विवाह भैसेको छ । बिर्तिप्रष्टोका गाबिस ५ मा बसोवास गर्दै आएका डोमजातीका पाचबर्ष नाघेका सवै वालवालिकाको बिवाह कलिलै उमेरमा भैसकेको छ ।
डोम बस्तिहरुमा यस्ता धेरै वालवालिकाहरु बेहुला बेहुली  बनिसकेका छन ।
जिल्लाको बिभिन्न गाबिसमा बसोवास गर्दै आएका डोम (मलिक)जातीमा वालविवाह गरीदिने परम्परा  घटेको छैन ।
सुगान्धियाको विवाह गतबर्ष बारा जिल्लाको भवानीपुरमा भएको हो  उनी जस्तै
 १२ बर्षिय अर्जुन १० बर्षिय दिनेश , १० बर्षिया करिस्मा तथा १३ बर्षिया
बिरनदेवीको विवाह भैसकेको छ ।
पाच बर्ष अघि विवाह गरेकी १० बर्षिया करिस्माको जिल्लाकै गरुडा नगरपालिका
स्थित शिवनगर बजारमा एक वालक संग विवाह भएको हो । १० बर्षिया बिरन
देवीको करिव चारबर्ष अघि रौतहटकै बोहरी गाउमा  बिवाह भएको छ ।
विरनदेवीले भनिन ‘ मलाइ विवाह भएको सम्झना छैन , बुवाआमाले भन्नु भएकोमेरो विवाह भैसकेको छ ।’सुगान्धिको विवाहमा २० हजार नगद दाइजो दिएको उन्का बुवा सुरेश डोमले बताए ।
 करिस्माले आफ्नो विवाह भैसकेको बताउदै अव केहि बर्षमा पतीको घर जाने बताइन ।
दिनेशको विवाह तीन बर्ष अघि र अर्जुनको विवाह चारबर्ष अघि भएको हो ।
राम असीस डोमले भने ‘ हाम्रो चलन नै यस्तै छ , मेरो विवाह पनि
सानै उमेरमा भएको हो ।’तराइका अति गरिव डोमजातीमा छोराछोरीको विवाह गर्दा १५ देखि ५० हजार
सम्म दाइजो रकम लेनदेन हुने गरेको छ ।
 जिल्लाको समनपुर, मर्यादपुर, धरमपुर, बरियारपुर, टेग्राह ,सन्तपुर,
डुमरिया, हजमुनिया,चन्द्रनिगाहपुर,बिर्ती, कटहरीया लगाएतको बिभिन्न गाविस
बसोवास गर्दै आएका डोम जातीमा पढाउने भन्दा पनि कलिलै उमेरमा
छोराछोरीको विवाह गरीदिने चलनले उनीहरु  निरक्षर छन ।

तपाईको प्रतिक्रिया