Khadya Bibhag

सिके राउतका कारण एम्नेष्टीमा पहिरो

काठमाडौँ, जेठ ३१ गते । सिके राउतलाई एम्नेस्टी इन्टरनेसनलले ‘ब्याकिङ’ (पर्दा पछाडिबाट सहयोग) गरेको भन्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष कृष्ण पहाडिले राजिनामा दिएपछि त्यही कारण देखाउँदै एकपछि अर्कोले राजिनामा दिन थालेका छन् ।
नेपालबाट मधेश अलग गर्ने कार्यमा अन्तरराष्ट्रिय शक्ति खास गरि युरोपियनहरुले सहयोग गरेको आरोपलाई यसले पुष्टि गरेको भन्नेहरुको कमी छैन । नेपालमा काम गर्नेहरु धमाधम विज्ञप्ति जारी गरी राजिनामा दिएपनि हालसम्म नएम्नेष्टिले यसको कुनै प्रतिकृया दिएका छन् न सिके राउतले प्रतिकृया दिएका छन् ।
एम्नेष्टि इन्टरनेशनलको अन्तर्रा्ष्ट्रिय सचिवालयले सिके राउतलगायत नेपालमा भएका घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदा पनि केही प्रतिक्रिया नदिएको भन्दै नेपाल शाखाका आठ पदाधिकारीले आजै राजीनामा दिएका छन् ।
उक्त सचिवालयलाई न्यायका लागि अनशनरत नन्दप्रसाद अधिकारीको मृत्युमा लिएको मौनता, सशस्त्र विद्रोहको आह्वान गर्ने सिके राउतको रिहाइका लागि व्यक्त गरेको चासो र त्यसपछिका विज्ञप्ति तथा सार्वजनिक सोचले उक्त संस्थाको छवि नेपालमा नकारात्मक रुपले पर्न गएको, यसबाट नेपाल शाखाको भविष्य र सदस्यको सुरक्षामा आघात परेको विज्ञप्तीमार्फत जानकारी गराइएको थियो ।
यी जानकारी गराउँदा पनि सचिवालयले प्रतिक्रिया नजनाएकाले आफूहरुले असहमति प्रकट गरिसकेपछि राष्ट्रिय कार्यसमितिमा रहनु उपयुक्त नहुने ती पदाधिकारीले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राजीनामा दिनेहरूमा उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रवीण अग्रवाल तथा सदस्यहरू अर्जुन अधिकारी, पद्ममनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमार निरौला र हेरम्ब देव भट्टराई हुन् ।

 यो पनि पढ्नुस

तपाईको प्रतिक्रिया