Khadya Bibhag

प्रधानमन्त्री कोइरालाले भने, फास्टट्रयाकबाट सविधान बन्नुपर्छ भनि प्रस्ताव प्रचण्डले ल्याएको हो

काठमाडौ जेठ ३० गते । प्रधानमन्त्री सुशिल कोइरालाले फास्टट्रयाकबाट सविधान बनाउने प्रस्ताव एमाओवादीका अध्यक्ष प्रचण्डले ल्याएको खुलासा गरेका छन् । फास्टट्रयाकबाट सविधान निर्माण गर्ने प्रकृयालाई मधेशवादी दलले विरोध गरेपछि उनले त्यस्तो खुलासा गरेका हुन् ।
आज आफ्नै निवासमा १६ बुँदे सम्झौताबाट असन्तुष्ट मधेशवादी दलका नेताहरुसँग कुरा गर्दै उनले आफू सहमतिकै आधारमा सविधान निर्माण गर्ने पक्षमा रहेको तर अध्यक्ष प्रचण्डले फास्टट्रयाकबाट सविधान निर्माण गर्नुपर्छ भनि प्रस्ताव ल्याएको र सबैले त्यसमा समर्थन जनाएपछि यो प्रकृया शुरु भएको कुरा राखेका थिए ।
प्रचण्डलाई के को हतार थियो उनले किन यसरी फास्टट्रयाकको कुरा ल्याएको आफूलाई थाह छैन तर ३० दलीय गठबन्धनबाट नै यो प्रस्ताव आएको कुरा बुझेर नै आफूपनि त्यसमा सहमति जनाएको बताउँदै प्रधानमन्त्री कोइरालाले फास्टट्रयाकको विरोध गठबन्धनबाटै शुरु भएको पछि मात्र आफूले थाह पाएको कि प्रचण्डले ३० दलबाट होइन आफ्नै मनबाट सो प्रस्ताव ल्याएको भनि कुरा मधेशवादी दल समक्ष राखेको एक नेताले सहाराटाइम्सलाई बताए ।
प्रधानमन्त्री कोइरालले मधेशवादी दलका नेताहरुलाई चिन्ता नलिन आग्रह गर्दै गिरीजाप्रसाद कोइरालसँग भएको सम्झौताहर अक्षरसः लागु हुने प्रतिवद्धता जनाउँदै संघीयताको विषयमा शंका नगर्न मधेशवादी दललाई आग्रह पनि गरे ।
उनले चार दलको सम्झौता नै सबै थोक होइन, त्यसमा पनि छलफल गर्न सकिन्छ त्यसलाई पनि संशोधन गर्न सकिन्छ भन्दै सहमतिकै आधारमा सविधान बन्छ त्यसमा सहयोग गर्न दलका नेताहरुलाई आग्रह पनि गरे ।
प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सहमतिको पूर्ण सविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने कुरा राखेका थिए । सविधान जारी नभएसम्म यो सरकार हट्ने कुरा नै प्रश्न नै आउँदैन, उ प्रधानमन्त्री भयो, फलानो राष्ट्रपति भयो, फलानो के भयो के भयो भन्दै कुराहरु भई रहेका छन् यी सबै बकवास हुन् भन्दै प्रधानमन्त्रीले सहमतिको सविधान जारी नभएसम्म सरकार परिवर्तन हुँदैन भनि कुरा मधेशवादी दलका नेताहरु समक्ष राखेका थिए ।

तपाईको प्रतिक्रिया