वषॅौं- वषॉ देखि निरंकुश रूपमा चलिआएको केन्द्रिकृत राज्यसत्ता लाई समाप्त गरि \”यो देश मात्र होईन- राज्य पनि मेरो हो\” भन्ने आत्मानुभूति र देशका प्रत्येक नागरिकजनको राज्यसत्तामा समावेशी समानुपातिक पहुँचका लागि सतत संघषॅरत सदभावना पाटी, हिजो मध्यरातमा नेपाली कांग्रेस, एमाले, एमाओवादी र मजफो नेपाल ( लोकतांत्रिक ) पाटी बिच संघियता, समावेशीतालाई समाप्त पानॉे उद्देश्यका साथ गरिएको १६ बुंदे सम्झौताको घोर बिरोघ गदॉछ।
देशलाई प़तिगमन तफॅ घकेल्न उद्धत यो १६ बुंदे सम्झौता मधेशी, आदिवासी-जनजाति, दलित, मुस्लिम, पिछडावगॉ आदि साथ विभिन्न समयमा गरिएको लिखित-मौखिक सम्झौताहरूको वखॉिलाफ त हो नै, स्वयं अन्तरिम संविधानको घारा १३८ को उल्लंघन हो। संविधान सभाको अधिकार क्षेत्र समेतलाई उल्लंघन गदैॉ सिमांकन र नामांकन विना नै संघियताको संबंधमा गरिएको यो सहमति देशमा कहिलै संघिय व्यवस्था लागु हुन नदिने कुत्सित मनसायका साथ गरिएको गम्भीर षड्यंत्र हो। यसले देशलाई अकल्पनीय आंतरिक द्वन्द मा फँसाएको छ।
सता स्वाथॉ र भागवंडा का लागि ४ पाटी बिच गरिएको यो कथित १६ बुंदे सहमतिको सदभावना पाटी निन्दा गदैॉ यसका विरूद्ध संघषॅरत रहने ऐतिहासिक दायित्व वोध गदॉछ। सदभावना पाटी द्घारा यस कथित १६ बुंदे सहमति पत्रलाई मघेश का सबै सदरमुकामहरूमा भोली मिती ०७२ जेष्ठ २७ गते बुधवार दहन समेत गरिने छ।
राजेंद्र महतो
राष्ट्रीय अध्यक्ष. सदभावना पाटी


तपाईको प्रतिक्रिया