Khadya Bibhag

सिके राउतलाई क–कसको ‘ब्याकिङ’ ?

    काठमाडौं, जेठ २८ गते । नागरिक समाजका अगुवा कृष्ण पहाडीले एमनेष्टी इन्टरनेशनलले सिके राउतको ब्याकिङ गरेको कारण त्यससँग सम्बन्ध विच्छेद गरेका छन् । अलग मधेस राष्ट्रको वकालत गर्ने सिके राउतको विषयमा एमनेष्टीले सार्वजनिक गरेको धारणाप्रति आफ्नो गम्भिर ध्यानाकषर्ण भएको भन्दै एक हप्ताभित्र राउतको बारेमा जानकारी गराउन जेठ २१ गते एमनेष्टीका महासचिव सलिल सेठ्ठीलाई पत्र लेखेका थिए ।
एक हप्ता वित्न लाग्दा पनि उताबाट कुनै प्रतिकृया नआएको भन्दै पहाडिले आजबाट सम्बन्ध विच्छेद भएको भनि विज्ञप्ति जारी गरेको छ । उनले सिके राउतको बारेमा जेठ २१ गते लेखेको पत्रमा सन् २०१४ को सेप्टेम्बर महिनामा नेपालमा पक्राउ परेका अलग मधेश राष्ट्र वकालत गर्ने, सशस्त्र विद्रोहको आव्हान गर्ने सि.के. राउतको गिरफ्तारीका सम्बन्धमा एकातिर नेपाल सरकारले अवलम्बन गरेको प्रक्रियागत त्रृटि अर्काेतिर एमनेष्टी इन्टरनेशनलको विश्वसनीयताका कारण प्रारम्भमा एमनेष्टीले गरेकोे आग्रह स्वभाविक नै मानिएको थियो । तर पछिल्लो चरणमा २०१४ कै डिसेम्बर महिनामा एमनेष्टी इन्टरनेशनल अन्तर्रा्ष्ट्रिय सचिवालयबाट पुनः राउतको विषयमा सार्वजनिक गरिएको धारणा र २०१५ को वार्षिक प्रतिवेदनमा तराइमा ज्यादति शीर्षकमा राउतको प्रसङ्ग फरक ढंगले उल्लेख भएको घटनाले एमनेष्टीको विश्वसनीयता र नियत माथि विभिन्न कोणबाट प्रश्न उठेको कुरा एमनेष्टीलाई जानकारी गराएका थिए, भनि उल्लेख गरेका थिए ।
उनले आफ्नो पत्रमा भनेका थिए, राउतले नेपाली महिलाहरुको अस्मितामाथि प्रहार गर्दै दिएको लगायतका अनेकौ आपत्तिजनक र मानवताविरोधी मन्तव्य र राउतका पछाडि निरन्तर एमनेष्टीको व्याकिङ भएको भान पर्नुले एमनेष्टीका हजारौ शुभचिन्तकहरुलाई मर्माहत बनाएकोे छ । पछिल्लो चरणमा एमनेष्टीप्रतिको मेरो निस्वार्थ समर्थनको दुरुपयोग भएको गुनासो धेरैतिरबाट सुन्दै आएको सन्दर्भमा चाडै नै मैले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने स्थिति पैदा भएको छ  ।’
    इन्टरनेशनलले राउतको विषयमा सार्वजनिक गरेको धारणाले एमनेष्टीको विश्वसनियता र नियमत माथी विभिन्न कोणबाट प्रश्न उठेकाले एमनेष्टी इन्टरनेशन सच्चिनुपर्नेछ पहाडिले विज्ञप्तिमा भनेका छन् ।
    राउतले  नेपाली महिलाको अस्मितामाथि प्रहार गर्दै दिएको अभिव्यक्ति आपत्तिजनक तथा मानवता विरोधी हुँदासमेत इन्मनेष्टी इन्टरनेशनले पछाडी हटेको विज्ञप्तिमा उल्लेख छ । एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयमा कार्यरत केही व्यक्तिहरुको निहित स्वाःर्थका कारण नेपालको सन्दर्भमा एमनेष्टी इन्टरनेशनलले बाटो बिराएको छ । एमनेष्टी इन्टरनेशनलले यी प्रसंगमा गल्ती स्वीकार नगरेसम्म एमनेष्टीको अभियानमा आफ्नो कुनै समर्थन र संलग्नता नहुने विज्ञप्ति मार्फत जनाइएको छ ।
यो पनि पढ्नुस्

प्रेस विज्ञप्ति
एमनेष्टी इन्टरनेशनलले बाटो विराएको छ ।


सन् १९९१ देखि १९९६ सम्म मैले स्वयंसेवी तवरले एमनेष्टी इन्टरनेशनल नेपालको नेतृत्व गरेको र मेरै सभापतित्व कालमा सन् १९९३ मा एमनेष्टी इन्टरनेशनल नेपालले शाखाको मान्यता हाँसिल गर्नुका साथै त्यस अवधिमा थुप्रै समूह तथा सदस्यता विस्तार भएको थियो । हाल म एमनेष्टी इन्टरनेशनल वा यसको नेपाल शाखाको कुनै पनि पदीय दायित्वमा छैन तथापि एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयले विशेषतः सन् २०१४ को सेप्टेम्बरदेखि नेपालसँग  सम्बन्धित केही संवेदनशील विषयमा सार्वजनिक गरेको धारणा र नीतिबाट उत्पन्न असहजताका सन्दर्भमा चाडै नै मैले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने स्थिति आएको अवगत गराउँदै ४ जुनका दिन एमनेष्टी इन्टरनेशनल(ए.आई.)का महासचिव श्री सलिल सेठ्ठीलाई पत्र लेखी दुईवटा गम्भीर विषयमा प्रष्टताका लागि आग्रह गरेको थिएँ जुन यसप्रकार थियो ः

‘१. न्यायको माग गर्दै अनसनरत सत्याग्रही नन्दप्रसाद अधिकारीको अस्पतालको शैयामा मृत्यु भएको लगायतको घटनामा एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयको मौनताको कारण के हुनसक्छ ?
२. सन् २०१४को सेप्टेम्बर महिनामा नेपालमा पक्राउ परेका अलग मधेश राष्ट्र वकालत गर्ने, सशस्त्र विद्रोहको आव्हान गर्ने सि.के. राउतको गिरफ्तारीका सम्बन्धमा एकातिर नेपाल सरकारले अवलम्बन गरेको प्रक्रियागत त्रृटि अर्काेतिर एमनेष्टी इन्टरनेशनलको विश्वसनीयताका कारण प्रारम्भमा एमनेष्टीले गरेकोे आग्रह स्वभाविक नै मानिएको थियो । तर पछिल्लो चरणमा २०१४ कै डिसेम्बर महिनामा एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयबाट पुनः राउतको विषयमा सार्वजनिक गरिएको धारणा र २०१५को वार्षिक प्रतिवेदनमा तराइमा ज्यादति शिर्षकमा राउतको प्रसङ्ग फरक ढंगले उल्लेख भएको घटनाले एमनेष्टीको विश्वसनीयता र नियत माथि विभिन्न कोणबाट प्रश्न उठेको छ भने राउतले नेपाली महिलाहरुको अस्मितामाथि प्रहार गर्दै दिएको लगायतका अनेकौ आपत्तिजनक र मानवताविरोधी मन्तव्य र राउतका पछाडि निरन्तर एमनेष्टीको व्याकिङ भएको भान पर्नुले एमनेष्टीका हजारौ शुभचिन्तकहरुलाई मर्माहत बनाएकोे छ । पछिल्लो चरणमा एमनेष्टीप्रतिको मेरो निस्वार्थ समर्थनको दुरुपयोग भएको गुनासो धेरैतिरबाट सुन्दै आएको सन्दर्भमा चाडै नै मैले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने स्थिति पैदा भएको छ  ।
तसर्थ उपरोक्त विषयमा केही प्रष्टता आवश्यक भएको महशुस गरी यहाँको धारणा प्राप्त हुने अपेक्षा सहित पत्र लेखेको छु । १० जुन २०१५ सम्ममा यहाँको धारणा प्राप्त हुने विश्वास लिएको छु ।’

यसको प्रत्युत्तरमा एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयको एसिया प्रशान्त कार्यक्रमका उपनिर्देशकले १० जुनमा मलाई पठाएको इमेलमा केही दिनभित्रै मेरो पत्रको रेस्पोन्स गरिने भन्ने जानकारी बाहेक मूल विषयमा कुनै जवाफ नआएको हुँदा मेरो धारणा स्पष्ट गर्न मैले आवश्यक ठानेको छु । 
एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयमा कार्यरत केही व्यक्तिहरुको निहित स्वार्थका कारण  नेपालको सन्दर्भमा एमनेष्टी इन्टरनेशनलले बाटो विराएको छ । एमनेष्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय सचिवालयले माथि उल्लेखित सन्दर्भमा गल्ती स्वीकार गरी क्षमा याचना नगरेसम्म एमनेष्टी इन्टरनेशनलको अभियानमा मेरो कुनै समर्थन नरहने र एमनेष्टी इन्टरनेशनलका कार्यक्रमहरुमा मेरो संलग्नता नरहने प्रष्ट गर्दछु । 

भवदीय

कृष्ण पहाडी, नेपाल                
मिति ः २८ ज्येष्ठ २०७२ (११ जुन २०१५)

तपाईको प्रतिक्रिया