Khadya Bibhag

तमलोपाका बृषेशचन्द्र लालको यस्तो आयो कुरा

काठमाडौ जेठ २५ गते । विवादित झापा, मोरंग, सुनसरी, कैलाली र कंचनपुर ५ जिल्लाको टुंगो नलगाई तथा सैद्धान्तिक रुपमा मात्र ८ प्रदेश हुने गरी एवं नामांकन र सीमांकन समेतको निर्णय पछि आयोगबाट हुने भनी मधेशी र आदिवासी जनजातिको संघियताको मूल मागलाई क्षत–विक्षत गर्दै नेकपा एमाओवादीको अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को अध्यक्ष विजय गछदारले काँग्रेस एमालेसँग सहमति गर्ने भएपछि बाँकी  दलहरुले उक्त सहमति नमान्ने र त्यस्तै परिस्थिति बने संविधानसभाबाट समेत बाहिरिने छ ।
नेपालको अन्तरिम संविधानको धारा १३८ मा वर्तमान राज्यको केन्द्रिकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक संघीय शासन प्रणाली सहितको अग्रगामी पुनस्संरचना गरिने र सो को अन्तिम टुंगो संविधानसभाले निर्धारण गरे बमोजिम हुने भन्ने व्यवस्था छ । अन्तरिम संविधानमा यो संशोधन मधेश बिद्रोहपछि मात्र संभव भएको थियो । यो मधेशी जनताप्रति गद्दारी हो ।

काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकलाई मत दिने मधेशी जनताले उनीहरुसँग यसको जबाफ लिनु पर्छ ।

अब मधेशी जनताको बराबरीको संघर्ष अझै कठीन भएको छ । यस्ता पार्टीहरुलाई मत दिएको खामियाजा अब सम्पूर्ण मधेशी र हाम्रो सन्ततिले भोग्नु पर्ने स्थिति भएको छ ।

तपाईको प्रतिक्रिया