Khadya Bibhag

तुलानारायणले भने, ‘तमलोपा फुटाउनमा गच्छदारको लगानी छ’

काठमाडौ जेठ २५ गते । नेपाल मधेश फाउण्डेशनका निर्देशक तुलानारायण साहले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको मधेशमा स्थान नरहेको टिप्पणी गरेका छन् ।
तीन दलले गरेको सहमतिमा गच्छदारले पनि सहमति जनाएको केही घण्टापछि निर्देशक साहको फेसबुकमार्फत यस्तो टिप्पणी आएको हो । उनले काठमाण्डौमा बिजय गच्छेदारको जती नै हाइ भएपनि मधेश राजनितिमा उनको त्यो स्थान नरहेको टिप्पणी गर्दै मधेशमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो स्थान रहेको बताएका छन् ।
उनले बिजय गच्छेदार ०६३ र ०६४ को मधेश आन्दोलनको बेला नेपाल काँग्रेसमा थिए । ०६४ को निर्वाचनमा उपेन्द्र यादबलाई नेता मानेर चुनाव जितेका थिए । फोरम फुटाएर उपप्र (उपप्रधानमन्त्री) बनेको फेसबुकमा लेखेका छन् ।
त्यति मात्र होइन कि निर्देशक साहले महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी फुटाउनमा पनि लगानी गरेको दावी गरेका छन् । साथै उनकै कारण मधेसी राजनितिक गञ्जागोल भएको उनले टिप्पणी गरेका छन् ।
२०७० सालको निर्वाचनमा खुम्चिएपछि अहिले मधेसी मोर्चाको स्वघोषित नेता बनेको टिप्पणी गर्दै उनले लेखेका छन्, उनको साथले आन्दोलनलाई केहि सहयोग पुग्न सक्छ तर उनको समर्पणले मधेसलाई कुनै फरक पर्दैन । कसैलाई भ्रम नरहोस ।’

तपाईको प्रतिक्रिया