काठमाडौ जेठ २५ गते । एमाओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेका ३० दलीय गठबन्धन विभाजित हुने भएको छ । अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार एकातिर र २८ दल अर्कोतिर भएकोपछि गठबन्धनमा चिरा परेको हो ।
गठबन्धनका २८ दलले चार दलले आज गरेको सम्झौताको विरोध गरेपनि सम्झौतामा हस्ताक्षर गर्न बालुवाटर हिडेपछि अब के गर्ने भनि छलफलका लागि अहिले २८ दलको बैठक तमलोपाको संसदीय दलमा बसिरहेको छ ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, अब बुझ्नुस् गठबन्धन विभाजित भयो । हामीले सहमतिको विरोध गर्दा गर्दै गच्छदार र प्रचण्डजी बालुवाटार तिर जानु भयो । यसको मतलब उहाँहरु जवर्जस्त जान खोज्नु भएको छ ।’
गठबन्धनमा विद्रोह भयो भने बुझ्दा हुन्छ, अहिले हामीहरु छलफल गरिरहेका छौ के निष्कर्ष निस्किन्छ, जानकारी गराउँछौ भन्दै महसचिव सुमनले चार दलले गरेको निर्णय स्वीकार गर्न हामी बाध्य छैनौ भने ।
चार दलले ८ प्रदेशमा सहमति गर्दै सीमाङ्कन आयोगबाट गर्ने भने नमाङ्कन प्रदेशसभाबाट गर्ने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया