Khadya Bibhag

सिरहा र महोत्तरीमा शव फेला

 महोत्तरी जेठ २३ गते । महोत्तरीको सुन्दरपुर गाविसको एक बाँसघारीमा एक पुरुषको शव फेला परेको छ ।

सुन्दरपुर–६ बस्ने ५५ वर्षीय प्रमेश्वर राय यादवको सुन्दरपुर–४ स्थित बाँसघारी फेला परेको स्थानीयवासीले बताएका छन् ।

गएराति सुन्दरपुर–४ स्थित गाईगोठमा सुत्न गएको प्रमेश्वर आज बिहान घर नफर्केपछि उनको खोजतलास गर्दै जाँदा उनको शव आज दिउँसो बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
त्यसैगरि ‘अनलाइन सिरहाका अनुसार हत्या’ गरी झुन्ड्याएको अवस्थामा सिरहाको गोलबजार नगरपालिका–६ मा एक युवकको शव फेला परेको छ । स्थानीय रेशवहादुर श्रेष्ठका २२ वर्षीय छोरा विमल श्रेष्ठको हत्या गरी रुखमा झुन्ड्याइएको अवस्थामा जेठ २२ गते बिहान शव फेला परेको हो ।
घर नजिकैको धमिनी स्थानमा श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ । उनको देबे्र हातको नाडी काटिएको छ भने घाँटीबाट पनि रगत बगेको देखिएको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा
उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएपनि थप अनुसन्धान हुन बाँकी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया