काठमाडौ जेठ २१ गते । काँग्रेस र एमालेले ल्याएको ६ र ८ प्रदेशको प्रस्तावलाई विपक्षि ३० दलीय गठबन्धनमा रहेका मधेशवादी दल र आदिवासी जनजातिका पार्टीहरुले अस्वीकार गरेका छन् ।
आज सिहदरवारमा बसेको गठनबन्धनको बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले राखेको प्रस्तावको बारेमा ब्रिफिगं गरेपछि मधेशी र आदिवासी जनजातिहरुले त्यसलाई अस्वीकार गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखि सकेपछि बोल्ने नेताहरुले पहिचानविनाको, नमाङ्कनविनाको र सीमाङ्कनविनाको संघीयता स्वीकार नहुने धारणा राखेका छन् ।
केही दिनदेखि विभिन्न चरणमा काँगेस र एमालेसँग भएको छलफलमा आएको कुराहरु गठबन्धनका संयोजक समेत रहेका प्रचण्डले ब्रिफिङ्ग गरेका थिए । बोल्ने नेताहरुले गठबन्धनबाट पेस भएको नौ बुँदे प्रस्ताव नै आफूहरुको बटमलाइन रहेको धारणा राखेका थिए ।
बैठकमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार काँग्रेस र एमालेले ६ र ८ प्रदेशको प्रस्ताव राखेको छ । ६ प्रदेशमा संयुक्त पहिचान हुन्छ भने प्रदेशसभाले त्यसको नामाङ्कन गरिने काँग्रेसको प्रस्तावमा उल्ल्ेख छ । त्यस्तै ८ प्रदेशमा पनि नामाङ्कन प्रदेशसभाले गर्ने र सीमाङ्कन पनि आयोग बनाएर गरिने उल्लेख गरेका छन् ।
तर, यी प्रस्तावमाथि नमधेशवादी दल र न आदिवासी जनाजातिका दलले मानेको छन्, सहमहामन्त्री सोनलले बैठकपछि कुरा गर्दै भने, यो कुनै पनि हालतमा हामीलाई स्वीकार हुँदैन ।’
सँख्या हाम्रो लागि ठूलो कुरा होइन तर पहिचान, सीमाङ्कन र नामाङ्कन महत्वपूर्ण कुरा हो, उनले भने, १० प्रदेशको प्रस्ताव गरेका छौ त्यसमा हामी तलमाथि हुन सक्छौ तर पहिचान, सीमाङ्कन, नामाङकनलगायतका विषयमा कम्परमाइज गर्न सकिदैन ।’
काँग्रेस र एमालेको प्रस्तावप्रति अध्यक्ष प्रचण्ड सकारात्मक देखिएको सुइको पाएपछि अब हुने चार दल तथा अन्य बैठहरुमा गठबन्धनका अरु नेताहरु सहभागि हुने निर्णय भएको छ । बैठकमा को जाने भने कुराको टुगों लागेको छैन । यसअघि मधेशवादी दलमध्ये विजयकुमार गच्छदार पनि बैठकमा सहभागि हुँदै आएका छन् तर यी दुई नेताको गतिविधि शंकास्पद देखिएपछि अबको दिनमा अरु पनि सहभागि हुने बताइएको छ ।



तपाईको प्रतिक्रिया