Khadya Bibhag

मातृका आन्दोलन समितिको विज्ञप्ति

मितिः २०७१-१२-२१
प्रेस-विज्ञप्ति
उत्पीडित राष्ट्रियताहरूमाथि दमनकारी रवैया बोकेको गोर्खाली घरेलु साम्राज्यवादी तथा आन्तरिक उपनिवेशवादी राज्यसत्ता सञ्चालकको रूपमा परिचित एमाङ्ग्रेसी सरकार अहिले सेवा(केन्द्र निर्माणको नाममा मधेशमाथिको औपनिवेशीकरणलाई थप बलियो बनाउन खोजेको सर्वविदितै छ । केही दिन अघि बारा जिल्लामा सेवा(केन्द्रको नाममा जिल्ला सदरमुकाम कलैयाबाट सिमरामा सार्ने दुष्प्रयत्न असफल भएको लगत्तै निर्लज्ज तरिकाले यो सरकारले रौतहटमा पनि जिल्ला सदरमुकाम गौरबाट चन्द्रपुरमा सार्ने असफल कुचेष्टा गर्न पुग्यो । यस क्रममा मधेशी जनताको आन्दोलनको अगाडि घुँडा टेकेर सरकारले चन्द्रपुरमा सेवा(केन्द्र स्थापना गर्ने निर्णय फिर्ता लियो तर जन आन्दोलन दबाउने क्रममा सशस्त्र प्रहरीको गाडीले दिन(दाहाडै हिजो आन्दोलनकारी रामाशीष ठाकुरलाई सवगढामा किचेर मार्नुको साथै सयकडौँ निरपराध जनतामाथि लाठी(गोली प्रहारको अपराधबोध गर्न ढिलाइ गरेकोले आन्दोलन जारी राख्‍ने बाध्यता सिर्जना गर्न पुगेकै हो । यसरी रक्षकहरू नै भक्षक भएकोले उत्पन्न त्रासमा आज पनि पूरै नगरक्षेत्र तनावग्रस्त मात्रै नभई आततायी बामदेव(प्रशासनले जनताको घर(दैलोमा अनाधिकार प्रवेश गरी ताण्डव प्रदर्शन गरेकोले स्थिति अझै भयावह नै छ । सरकारको तर्फबाट कर्फ्यु जारी गरिए पनि जन आन्दोलन सैन्यबलमा रोकिने छाँट देखिँदैन । तसर्थ अन्धराष्ट्रवादको यो उन्माद प्रदर्शनको साटो राज्यले जनतासँग माफी मागी गृहमन्त्रीको राजीनामा, दोषीहरूमाथि उचित कारवाईसँगै आन्दोलनकारीहरूको उचित मागलाई सम्बोधन गर्नुको साथै मृतकलाई शहीद घोषणा तथा उनका परिवार सहित घाइतेहरूको उचित उपचार र जनधनको उचित क्षतिपूर्तिको तुरुन्त घोषणा गर्न यो समिति जोडदार माग गर्दछ । अन्यथा आन्दोलनको क्रममा भविष्यमा हुन सक्‍ने सम्पूर्ण क्षतिको लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनीका साथ गौरवासीको आन्दोलनमा यो समिति ऐक्यबद्धता जाहेर गर्दछ ।

गोपाल ठाकुर
सह-संयोजक

तपाईको प्रतिक्रिया