नेपाल सद्भावना पार्टीको प्रेश विज्ञप्ती

नेपाल सद्भावना पार्टी
केन्द्रिय कार्यालय
काठमाण्डौ
                               
                                                   मिति ः २०७१ । १२ । १८
प्रेश विज्ञप्ती

आज मिति २०७१ चैत्र १८ गते का दिन नेपाल सद्भावना पार्टी महोत्तरी जिला कार्यसमिति द्धारा  जलेश्वरमा आयोजित नेपाल सद्भावना पार्टीको २५ वर्ष तथा मधेश विषयक अन्र्तक्रिया कार्यक्रम नेपाल सद्भावना पार्टी का केन्द्रीय अध्यक्ष श्री अनिल कुमार झा ज्युको प्रमुख आतिथ्य तथा पार्टीका जिला अध्यक्ष श्री संजय कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै श्री झा ले नेपाल सद्भावना पार्टी मधेशको सब भन्दा पुरानो पार्टी मात्र न भै मधेशी जनताको सच्चा हितैसी तथा आम जनताको आत्मामा बसेको पार्टी रहेको कुरा बताउनु भयो । आफु र आफना पार्टी स्व. गजेन्द्र बाबुको सच्चा अनुयायी रहेको र स्व.गजेन्द्रबाबुले देखाउनु भएको बाटोमा हिंडेरनै यहाँ सम्म आईपुगेको चचौ गर्दै मधेशबादको नक्कली आवरण ओढेर आम मधेसी जनतालाई ढांटने नेता तथा राजनीतिक दलहरुसित सतर्क रहन सर्वसाधारणमा अपिल गर्नु भयो । मधेशी जनताका जनजिविका सित जोडिएको नागरिकता, समावेशिता तथा पहिचानलाई समेत स्थापित गराउनमा आफु र आफनो पार्टीको महत्वपुर्ण भूमिका रहेको चर्चा गर्दै ने.स.पा.ले मधेशी जनतालाई अधिकार सम्पन्न गराउन दृढसंकल्पित रहेको कुरा भन्नु भयो । बिगत ०६२÷६३ को जनआन्दोलनमा समेत आफु सहभागि भई संघीय ,लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा अन्तरिम संबिधान निर्माणमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरि मधेश तथा मधेशी जनताको हक तथा पहिचान स्थापित गराउनमा एैतिहासिक जिम्मेवार भूमिका निर्वाह गरेको कुरा बताउनु भयो । ने.स.पा. तथा संघीय सद्भावना पार्टी बिच हालै सम्पन्न एकताको चर्चा गर्दै बिगतमा यस पार्टीमा आबद्ध भई काम गरि सकेका सबै नेता तथा कार्यकर्ताहरुलाई आफनो पुरानो घरमा नै फर्किन आग्रह गर्नु भयो ।

कार्यक्रममा अतिथिको आशनबाट बोल्दै पार्टी की सहअध्यक्ष श्री सरिता गिरीले मधेश तथा मधेशी जनताको हक हितको लागि सदैव अग्रणी भुमिका निर्वाह गर्दै आएको ने.स.पा.को झण्डा मुनि एकताबद्ध हुन सम्पुर्ण सद्भावना प्रेमी नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । श्री गिरीले स्व.गजेन्द्र बाबुले देखाउनु भएको बाटो आजको राजनीतिक निकाशको एकमात्र बाटो हुन सक्ने र यसको शफलताको लागि एकाकार हुन बिभिन्न नाममा रहेका सद्भावना का सबै अनुयायी हरुलाई एकजुट भई अगाडी बढन समेत आग्रह गर्नु भयो । कार्यक्रममा पार्टी का केन्द्रिय सदस्यहरु श्री सुनिल रोहित, शिव प्रसाद पटेल, श्रीमन नारायण मिश्र, राजिव झा, धिरेन्द्र झा सहित जिला स्तरिय नेताहरुले समेत संघीय सद्भावना पार्टी तथा नेपाल सद्भावना पार्टी बिच भएको एकिकरणले देश तथा मधेशको राजनीतिलाई एउटा नयाँ सन्देश दिएको र भावी दिनमा यसको सकारात्मक परिणाम देखिने कुरा समेत बताउनु भयो ।

कार्यालय सचिव
नेपाल सद्भावना पार्टी
केन्द्रिय कार्यालय
शान्तिनगर, काठमाण्डौ

तपाईको प्रतिक्रिया