Khadya Bibhag

बलात्कारपछि हत्या गरेकी पूजा साहको परिवारलाई ६ लाख सहयोग

काठमाडौ जेठ १४ गते । । बलात्कारपछि हत्या गरिएकी बाराकी ६ वर्षीया बालिका पूजा शाहको परिवारलाई सरकारले ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बाराको कलैया नगरपालिका–८ की पूजा गत फागुन ८ गते बलात्कृत भएकी थिइन् । फागुन ९ गते घर नजिकैको खाली जग्गामा मृत अवस्थामा फेला परेकी साहको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
यसैगरि सरकारले घोषणा गरेको दुई खर्बको पुनःनिर्माण कोषमा रकम जुटाउनका लािग दातहरुको सम्मेलन गर्ने भएको छ । काठमाडौमा आसार १० गते हुने दाताहरुको सम्मेलनमा विभिन्न देशका दातृ निकायहरुको सम्मेलन हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले आसार १० गते सम्मेलन गर्ने निर्णय गर्दै त्यसको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।
यसैगरि व्यवस्थापिका संसदमा विचाराधिन रहेको विपत्त व्यवस्थापन सम्बन्धी विधेयकलाई फिर्ता लिएर त्यसमा थप संशोधन सहित अध्यायदेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । विपत व्यवस्थापन सम्बन्धि ऐन नहुँदा अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो भएको कुरा चारैतिरबाट उठ्न थालेपछि मन्त्रीपरिषद्को आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

गणतन्त्र दिवसमा ५४१ कैदी छाड्ने

भोली मनाउने गणतन्त्र दिवस धुमधामका साथ नमनाएपनि त्यस अवसरमा ५४१ कैदीलाई आममाफी दिने निर्णय पनि गरेको छ र सो निर्णयलाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । , ७० वर्ष नाघेका, पचास प्रतिशत कैद भुक्तान गरेका, राम्रो चाल चलन भएका र अशक्तलाई आममाफि दिने तयारी रहेको स्रोतले जनाएको छ ।

कोषको सद्भावना दूत
यसैगरी प्रधानमन्त्री राहत कोषमा थप रकम जुटाउने उद्देश्यका लागि सरकारले (महजोडी) मदनकृष्ण श्रेष्ठ र हरिवंश श्रेष्ठ तथा नायीका मनिषा कोइरालालाई सद्भावना दूत बनाउने निर्णय गरेको छ ।
कोषमा चाहिएको जति रकम जम्मा नभएको भन्दै नागरिक समाज, तथा विभिन्न क्षेत्रका कलाकारले त्यसको विरोध जनाएका थिए । उनीहरुको कोषको अवस्थामा पनि जवाफ माग गरेका थिए । महजोडी उपस्थित रहेको सो छलफलमा उनीहरुले कोषमा रकम जम्मा गराउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

अनुसन्धानमा रेग्मी

मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिपराज रेग्मीलाई नियुक्त गरेको छ ।  त्यस्तै सुगतरत्न कंसाकारलाई नेपाल वायुसेवा निगमको महानिर्देशकमा नियुक्त गरेको छ भने नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजय गौतमलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया