Khadya Bibhag

अपहरीत बालक एकमहिनापछि भारतबाट सकुशल उद्धार

राकेश यादव ।
रौतहट १४ जेष्ठ । अपहरणमा परेका एकजना नाबालकसहित अपहरणकारीलाइ प्रहरीले झण्डै एक महिनापछि भारतबाट पक्राउ गरेको छ ।
सदरमुकाम गौरबाट गत बैशाख १६ गते साँझ अपहरणमा परेका स्थानिय प्रेमपुर गोनाही घरभइ गौर नगरपालिकामा बस्दै आएका बिजय पटेलका छोरा १६ का शिवम राज पटेल भारत बिहार सितामढी क्षेतबाट गत सोमवार प्रहरीले मुक्त गराएर आज सार्वजनिक गरेका हुन ।
सितामढी जिल्ला अन्तरर्गत सहियारा ग्राम पञ्चायत डिहठी बस्ने रामबाबु यादवको फुसको घरबाट  नेपाल प्रहरीले भारतिय प्रहरीको सहयोगमा नाबालक लाई अपहरणकारीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घरधनी रामबाबुको फुफु ५५ बर्षीया कान्तीदेवी रहेकी छिन् ।
अपहरणमा सलग्न रामबाबु यादव, हरेन्द्र शहनी, इमब्राहिम अन्सारी फरार रहेको प्रहरीले जनाएको छ । गत बैशाख १६ गते टयुशन पढ्न गएको क्रममा छुट्टी भइ सिमावती भारतीय बजार बैरगनिया जाँदा अपहरणकारी समूहले शिवम पटेललाई अपहरणगरी लगेको थियो । घटनाको भोलीपल्ट भारतीय मोबाइल नम्बरबाट अपहरणकारीले शिवमका बुबा बिजय पटेलसँग फिरौतीको माग गरेको थियो । भारतिय प्रहरीको सहयोगमा सोही मोबाइलको लोकेसनमा पछ्याउदै जाँदा प्रहरीले अपहरीत नाबालक र अपहरणमा सहयोगी कान्तीदेवीलाइ पक्राउ गर्न सफल भएको एस्पी सानुबाबु थपलियाले बताए ।
अपहरीत नाबालक पटेललाइ बुधवार बुवा बिजय पटेलको जिम्मा लगाइएको र अभियुक्त हिरासतमा रही आवशयक सोधबुझ भइरहेको प्रहरीले जनाएको छ ।  अपहरणमा संलग्न अन्य चारजनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।    

तपाईको प्रतिक्रिया