काठमाडौ जेठ १२ गते । स्वतन्त्र मधेशका लागि आन्दोलनरत सिके राउतले नेपाली (पहाडमा बस्ने) महिलालाई बेश्या अर्थ लाग्ने गरी फेसबुकमा लेखेको स्टाटसका कारण उनीमाथि आज जिल्ला प्रहरी कार्यालय काठमाडौमा उजुरी परेको छ । उजुरी परेको केही घण्टा नवित्दै उनलाई इटहरीबाट पक्राउ गरिएको छ ।
३ बजे त्यहाँको स्थानीय टेलिभिजनमा अन्तरवार्ता दिन गएको बेलामा उनलाई प्रहरीले माथिको आदेश भन्दै पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
नेपाली महिलालाई अपमान गर्दै ट्विटरमा उनले ‘नेपाली मधेसमा आएर आखिर अँगाल्ने पुर्खौयौलि पेसा त हो, रौतहटमा ६ जना यौनकर्मी युवती पक्राउ’ भनि लखेका थिए । उनले ट्वीटरमा त्यसरी लेखेपछि विभिन्न मिडियामा त्यसलाई आधारमा मानेर समाचार पनि आयो र समाजिक सञ्जाल फेसबुकमा पनि टिका टिप्पणी भयो ।
त्यस्तो ट्वीट आएको नौ दिनपछि बारा सपहीका सावित्री सुवेदीले डा. सिके राउतविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौँमा साइबर क्राइम अन्तर्गत मुद्दा दायर गरेका छन् ।
बारामा सामाजिक संस्थामार्फत महिला अधिकारका लागि क्रियाशील सुवेदीले मुद्दा दर्ता गराएपछि भनिन्, ‘नेपाली महिलाविरुद्ध अपमानजनक भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने राउतविरुद्ध विद्युतीय कारोबार ऐन–०६३ अन्तर्गत साइबर अपराधको मुद्दा दर्ता गराएको छु ।’



तपाईको प्रतिक्रिया