Khadya Bibhag

भूकम्प पीडित पत्रकारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने 

काठमाडौँ, जेठ १३ गते । बैशाख १२ गते र त्यसपछि आएका साना साना विनाशकारी भूकम्पबाट दशैभरिका प्रभावित सञ्चारकर्मी र सञ्चार गृहलाई विशेष सहयोग गर्न सूचना तथा सञ्चार मन्त्रालयले कार्ययोजना ल्याउने भएको छ ।

राजधानीमा आयोजिनत एक कार्याक्रममा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले अन्य पेसाभन्दा पत्रकारिता पेसा विपत्तिको बेला झन् खटिनुपर्ने भएकाले विपत्तिपछिको पुनःनिर्माण तथा राहतमा पत्रकारको पेसाको जोखिमका कारण विशेष अधिकार बन्नुपर्ने धारणा राख्नुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री डा रिजालले पत्रकार, सञ्चार उद्यमी, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरेर भूकम्पबाट प्रभावित सञ्चारकर्मी र सञ्चार गृहलाई विशेष सहयोग पुग्ने गरी कार्ययोजना ल्याइने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको प्रचार विभाग प्रमुखसमेत रहनुभएका मन्त्री डा रिजालले फरक प्रशङ्गमा नियमानुसार अनुमति पत्र रद्द भएको एभिन्यूज टेलिभिजनको अनुमति पत्र सुचारु गर्न मन्त्रालयबाट कानुन संशोधन गरेर भए पनि विशेष निर्णय गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले भूकम्पपछिको अवस्थामा एकातिर नेपाल अब हाइटी बन्छ भन्ने निराशावादी सोच र अर्कोतिर शोकलाई शक्तिमा रुपान्तरण गर्नुपर्छ भन्ने भावनात्मक सोचबाट मुक्त भई विपत्तिको घडीमा राष्ट्र पुनःनिर्माणका लागि स्थिर विचारको खाँचो रहेको बताउनुभयो ।

युवा नेता थापाले एकथरि मानिसले सरकारको असफलताको सन्देश फैलाउँदै समानान्तर भूमिका निर्वाह गर्न खोजेकाले त्यस्ता सूचना सम्प्रेषण गर्दा सञ्चारकर्मी चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले विपत्तिको अवस्थामा प्रभावित जनतालाई राहत तथा पुनःस्थापनाको कार्यमा सरकारले नै नेतृत्व लिनुपर्ने धारणा राख्दै सरकारको विकल्प सरकार नै हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस० अध्यक्ष तथा युनियनका पूर्व केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले मुलुक भूकम्पपछिको संवेदनशील अवस्थामा सञ्चारकर्मीले आफ्नो भूमिका निर्वाह गर्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले पत्रकारलाई उद्धार तथा राहतसम्बन्धी सूचना प्राप्त गर्ने क्रममा कुनै कठिनाइ भए आयोगले पूर्णरुपमा सघाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया