Khadya Bibhag

नेपाली सेना परिचालन गर्ने स्वीकृति

काठमाडाँै, जेठ ६ गते । राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा ९३० बमोजिम २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत्ति परेकाले नेपाली सेना परिचालन हुँदै आएकामा असार मसान्तसम्म त्यसलाई निरन्तरता दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया