Khadya Bibhag

भूकम्पबाट २० जिल्लाका हुलाक कार्यालयमा क्षति

काठमाडौँ, जेठ ५ गते । विनाशकारी भूकम्पबाट २० वटा जिल्लाका हुलाक कार्यालयमा क्षति पुगेको छ । तीमध्ये गोरखा, नुवाकोट, धादिङ, रसुवालगायत १६ वटा जिल्लाका कार्यालय पूर्ण रुपमा ध्वस्त र काठमाडौँसमेत चार जिल्लाका कार्यालयमा भने आंशिक मात्र क्षति पुगेको हुलाक सेवा विभागले जनाएको छ ।

सिन्धुपाल्चोकमा रहेको हुलाक प्रशिक्षण केन्द्रसमेत ध्वस्त भएको छ भने एक कर्मचारीको निधन भएको छ । अन्य कर्मचारीमा परेको भौतिक तथा आर्थिक क्षतिको विवरण आउँन अभैm बाँकी रहेको विभागका महानिर्देशक द्रोण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार भूकम्पबाट देशैभरिका हुलाकमा गरी करिब रु ५० करोडबराबरको क्षति पुगेको अनुमान छ 

तपाईको प्रतिक्रिया