काठमाडौँ, जेठ ४ गते । बैशाख १२ गते र २९ गते आएको विनाशकारी महाभूकम्पमा परी हालसम्म आठ हजार ६०४ जनाको मृत्यु भएको र २१ हजार ४९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार हालसम्म आठ हजार ५४४ जनाको शव आफन्तलाई बुझाइएको र घाइते छ हजार २६९ जनाको उपचार भइरहेको छ ।
भूकम्पपीडितको उद्धार तथा राहतका लागि नेपाली सेनाका ६६ हजार ६९, नेपाल प्रहरीका ४४ हजार ६२९, सशस्त्र प्रहरी बलका २१ हजार ८१२ गरी एक लाख ३२ हजार ५१० जना सुरक्षाकर्मी परिचालन भएका छन् ।



तपाईको प्रतिक्रिया