Khadya Bibhag

१५० भन्दा बढी विद्यालयमा क्षति हुँदा पठनपाठन अवरुद्ध

सप्तरी, जेठ ४ गते । भूकम्पका कारण सदरमुकाम राजविराजसहित ग्रामीण क्षेत्रका १५० भन्दा बढी विद्यालयमा क्षति हुँदा पठनपाठन अवरुद्ध भएको छ ।

अनुगमन जिल्ला शिक्षा कार्यालयका प्राविधिक र प्रहरीको संयुक्त टोलीले क्षतिग्रस्त विद्यालयको विवरण सङ्कलन गरिरहेको जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताउनुभयो ।

लगातारको पराकम्पनले जिल्लाका अधिकांश निजी विद्यालय बन्द भएका छन् भने केही समुदायिक विद्यालय सञ्चालन भइरहेका छन् । रासस

तपाईको प्रतिक्रिया