Khadya Bibhag

एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते

सप्तरी, ३ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया नजिक मोहली खोलामा आज दुई वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १२९ नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको बा१ख ९९८९ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएको हो । घाइते तीनैजनाको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै ट्रक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया