Khadya Bibhag

मुस्लिम हेण्डस् बेलायतको सहयोग

काठमाडौँ, ३१ वैशाख । मुस्लिम हेण्डस् बेलायतको सहयोगमा भूकम्प प्रभावित जिल्लाका दुई हजार घरपरिवारलाई खाधान्न वितरण गरिएको छ ।

मुस्मिल हेण्डस् पाकिस्तानले काठमाडौँको बागवजारमा रहेको हार्दिक होटलमा आफ्नो भूकम्पपीडितसम्बन्धी सहयोग केन्द्र खोलेर भूकम्पपीडितलाई सहयोग गरेको हो ।

मुस्लिम हेण्डस्ले काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, गोरखालगायतका दुईहजार भन्दाबढी पीडित जनतालाई पेष्ट, साबुन, सर्फ, गम्छा, सेनेटरी प्याड, चामल, चिनी, नुन, तेललगायतका सामग्री वितरण गरिएको मुस्लिम हेण्डस् पाकिस्तानका आपत्कालिन राहत संयोजक रासिद मेहमुदले जानकारी दिनुभयो ।

यसैगरी सोही संस्थाले भूकम्पपीडित क्षेत्रमा चार÷पाँच सयको सङ्ख्यामा अस्थायी घरटहरा बनाइदिने घोषणा गरेको छ । विश्वको जुनसुकै मुलुकमा परेको विपद्लाई सहयोग गर्नका लागि यो संस्थाले महत्वपूर्ण भूमिका खेलेको मेहमुदले बताउनुभयो ।

सोही टोलीले बागवजारका भूकम्पप्रभावित दुई सय जनतालाई राति एकछाक खाना निःशुल्क खुबाउँदै आएको छ । अन्तर्राष्ट्रियस्तरमा विश्वका ५० मुलुक भन्दाबढी मुलुकमा आफ्नो शाखा भएको उक्त संस्थाले पीडित जनताको दुःखमा साथ दिँदै आएको हो ।

यसैगरी ‘वल्र्ड उइथआउट सफरिङ अर्गनाइजेशन’ ताइवानले नुवाकोट जिल्लाको भूकम्पप्रभावित गणेशस्थान र बेलकोट गाविसमा खाध्यान्न र त्रिपाल वितरण गरेको छ ।

उक्त दुई गाविसमा रहेका ४०० घर परिवारलाई त्रिपाल, चामल, नुन, तेल, दाललगायतका सामग्री वितरण गरिएको सो सेवामा खटिनुभएका तुलसीराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया