काठमाडौ बैशाख ११ गते । देशको समसामयीक राजनीतिक विषयमा छलफल गर्नका लागि राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी कार्यालयमा बसिरहेको छ ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनका अनुसार देशको समसायीक राजनीतिक अवस्था, रक्षा बाहिनी र पार्टीको अगामी कार्ययोजनाको बारेमा छलफल गरिने छ । ३० दलीय गठबन्धनको बैठक सकिने वित्तिकै बसेको कार्य सम्पादनको बैठकमा गठबन्धनको गतिविधि र त्यसले गरेको कार्यको बारेमा समिक्षा हुने बताइएको छ ।
संघीयता सहितको सविधान निर्माण हुने अवस्था न्यून देखिएकाले आन्दोलनको तयारीका लागि कार्यकर्ता तथा नेताहरुलाई मधेशमा पठाउने तयारी बारे पनि छलफल हुने महासचिव सुमनले बताए ।



तपाईको प्रतिक्रिया