राकेश यादव
रौटहत १२ बैशाख । असिनाले रौतहटमा घर, बालीनाली तथा फलफुल खेती नष्ट हुँदा करोडौँको क्षति भएको छ । मंगलवार साँझ हावाहुरीसँगै आएको असिनाले विभिन्न गाउँका सयौँ घरलाई क्षतिग्रस्त बनाएको छ भने छ जना घाइते भएका छन् ।
मंगलवार साँझ करिब आठ बजे आकाशबाट ठूल्ठूला असिना परेपछि गरुडा नगरपालिका वार्ड नम्बर ८ की ६० वर्षीया मलवतिया देवी बरई, ४५ वर्षीया मैथुन नेसा, नजमा खातुन, बबिता देबी साह, शेख इब्राहिम तथा सञ्चारकर्मी प्रभातकुमार झा घाइते भएका छन् ।
असिनाले गम्भीर घाइते मलबतिया देवी बरईको शिवनगरस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । द हिमालयन टाइम्सका रौतहट सम्वाददाता प्रभातकुमार झाको स्थानीय तहमै उपचार गरिएको छ । झाको टाउको, तिघ्रा र हातमा गहिरो चोट लागेको छ ।
असिनाले रौतहटमा सयौं घर नष्ट पारेको छ । दुई किलोग्राम तौलसम्मको असिनाले खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरलाई नष्ट पारेको छ । गरुडा नगरपालिकाका चौधवटै वडाका साथै बगही, दीपही, धरहरी, सखुअवा, करुनिया, जेठरहिया, माधोपुर, भलोहिया, गंगापिपरा, मिठुअवा लगायतका गाविसका पाँच सयभन्दा बढी घरमा असिनाले क्षति पु¥याएको छ ।
पोठियाहीका मिश्रीलाल बैठा र नारायण महतोको घर नै भत्केको छ । घर भत्केपछि आफूहरु घरबारविहीन भएको र अर्काको घरमा बास बस्नुपर्ने अवस्था आएको दुवैजनाले बताएका छन् ।
ठूल्ठूलो असिना परेपछि असिना परेको क्षेत्रको बालीनाली नष्ट भएको छ । आँप र लिचीको चिचिला, केरालगायतका फलफूल खेतीमा व्यापक क्षति भएको छ । असिनाले काँक्रो, खरबुजा, खिरीलगायतका गर्मी छल्ने फलफूल पनि नष्ट पारेको छ । घर र बालीनाली तथा फलफूल समेत गरी करोडौँको क्षति भएको देखिएको गरुडा नगरपालीको कायकाली अधीकृत जयनरायण तयसौ ना.पा का प्रविधिक इ.धरमेन्द्र यादव सव.इ.अनिल यादव लगाएतका टोली क्षतिको तथ्यांक संकलन भइरहेको गस्डाका अधिकृत श्रीवस्तवले जनाएको छ ।





तपाईको प्रतिक्रिया