राकेश कुमार यादव
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर १० सन्तपुरमा एक जनाले आफनै घरमा आएका पाहुना माथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
ब्रतबन्धको अवसरमा हिजो राति घर आएका पाहुना माथि स्थानीय कृष्ण सापकोटाले खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते हुनेमा चन्द्रपुर १० १५ वर्षको ऋिषि बजगाई, १८ वर्षका संञ्जु बजगाई, १६ वर्षका सागर बजगाई, वीरगञ्ज बस्ने १६ वर्षका अरुण पाण्डे र १६ वर्षका सुरज पाण्डे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाईतेहरुका अवस्था गम्भिर रहेकाले थप उपचारका लागी भरतपुर अस्पताल लगिएको छ भने घाईते भएका ऋिषि बजगाई चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणि गरिले बताए ।
खुकरी प्रहार गर्ने सापकोटा फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ । राति करिव २ बजेको समयमा घरमा सुतिरहेको पहुनालाई खकुरी प्रहार गरि सापकोटाले घाईते बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



तपाईको प्रतिक्रिया