मधेशको पहिचान के हो ? यसको सरल जवाफ दिनु पर्यो भने जसले पनि भन्छन् त्यहाँको रहन सहन भेष भुषा, भाषा सँस्कृति । तर यी मध्ये कसैलाई तोडमडोड गर्यो वा छाड्यो भने सायदै मधेशको पहिचान बाँकी रहन्छन् । तर मधेशको मुक्ति, मधेशको स्वतन्त्रता, मधेशको पहिचानको कुरा गर्ने सिके राउतलाइ जहिले पनि टाई सुटमा देख्न सकिन्छ जुन यो नेपालको पोशाक होइन मधेशको त कुनै पनि हालतमा हुन सक्दैन ।
५० जना मान्छे भेला पारेर मधेशको मुक्तिको कुरा गर्ने, स्वतन्त्र मधेशको कुरा गर्नेले पहिला आफैलाई त्यसमा ढाल्न सक्नु पर्यो । मधेशको पोशाक, धोती, कुर्ता र गम्छा हो । अलि अगाडि गयो भने कुर्ता र पाइजामा हो तर सिके राउतलाई जहाँ पनि कोट, पाइन्ट र टाइमा देख्न सकिन्छ । यो कसलाई देखाएको हो शंका गर्नेहरु प्रशस्त देख्न सकिन्छ ।
अरु दिनको चर्चा यहाँ गर्न सम्भव छैन । हिजै मात्र विशेष अदालतले उनलाई सफाई दियो । मधेशबाट युवाहरु चप्पलमा आएका थिए । कोही विना चप्पलमा पनि थिए । कोही कुर्ता लगाएका थिए काही पाइन्ट सर्टमा थिए तर उनी थिए टाइसुट कति लाजमर्दो कुरा । जनतले यिनलाई कसरी पत्याउँछन् । मधेशको मान्छे हो भने लाग्दै लाग्दैनन् । प्रहरीको दमनबाट उनी वीरगञ्जमा कुटिदा खुट्टा भाँचिएको थियो । बैशाखीमा हिडि रहेका थिए तर लगाएका थिए टाइसुट ।
सप्तरीकै गजेन्द्रनारायण सिह होइन जो धोती र कुर्ता लगाएर संसदमा जाँदा रोक लगाएको थियो । हिन्दीमा भाषणा गर्दा रोक लगाएको थियो । सद्भावना पार्टीका राजेन्द्र महतो धोती र कुर्ता लगाएर टुडिखेलमा भाषण गर्दा हुटिगं भएको धेरै दिन भएको छैन । मातृका यादवले धोती कुर्ता लगाएर पुनःस्थापति सांसदको मैथिलीमा शपथ लिँदा गिरीजा प्रसाद कोइरालबाट डाँट खाएका पनि धेरै दिन भएका छैन । उपराष्ट्रपति परमानन्द झा धोती र कुर्ता लगाएर हिन्दीमा शपथ लिँदा त्यत्रो हँगामा भएको कुरा धेरै पुरानो भएको छैन ।
काँग्रेसमा हुँदा जय प्रकाश गुप्ता, महन्थ ठाकुर, विजयकुमार गच्छदारले दौरा, सुरुवाल ढाका टोपी लगाउँथे जब उनीहरु मधेशको राजनीतिमा आए । मधेशको अधिकारको कुरा गर्न थाले अनि ती पोशाक त्यागे । सर्वेन्द्रनाथ शुक्ला पनि राप्रपामा हुँदा ढाका टोपीसहित दौरा सुरुवाल लगाउँथे अहिले लगाउँदैनन् । लालबाबु यादव मधेशका भएपनि उनी एमालेमा छन् जहिले पनि ढाका टोपी लगाएकै हुन्छन् सविधानसभामा जाँदा माधव नेपाल राष्ट्रिय पोशाकमा हुँदैन तर लालबाबु यादव हुन्छन् । लालबाबु दौरा सुरुवालमा भएर मधेशको कुरा सिके राउत जस्तो गरेको हुँदैन ।
सिके राउतकै पुस्तकमा यस्ता कुराहरु पढ्न सकिन्छ कि मधेशीहरु नेपालमा भाषाका कारण, पहिरनका कारण कसरी अपमानित भएका छन् । मधेशी भएकै कारणले उनले काठमाडौमा डेरा नपाएको कुरा पनि लेखेका छन् । पीएचडी पढ्दैमा, वैज्ञानिक हुँदैमा अमेरिका बस्दैमा आफ्नो पहिचान र भेषभुषा विर्सन सकिदैन । हो, यो कुरा अरुका लागि पनि लागु हुनसक्छ तर अरु र सिके राउतमा धेरैको फरक छन् । सिके राउतले धोती र कुर्ताका कुरा गरेका छन् । गम्छाका कुरा गरेका छन् । भाषा भेष भुषा सँस्कृतिका कुरा गरेका छन् जो आफैबाट लागु गरेका छैन । जनताले सिके राउतलाई भन्ने अधिकार पाएको छ । मेडियाले सिके राउतको बारेमा लेख्ने अधिकार पाएको छ तर आम जनता, आम व्यक्तिको बारेमा यसरी बोल्न र लेख्न सकिदैन ।
यसो त उनी अमेरिका वा युरोपीयन युनियनबाट प्रचालित हो भने कुरा सञ्चारमाध्यमा नआएको होइन । त्यो कुराको पुष्टि हालसम्म कतैबाट नभएपनि उनको क्रियाकलाप र रहनसहन बोली व्यवहारले बाध्य पारेर शंकाको घेरमा ल्याएको छ ।
दर्शनले भन्छ, अरुलाई कुनै कुराको दर्शन दिनु भन्दा पहिलो शुरुवात आफैबाट गर्नु पर्छ । सिके राउतले मधेश मुक्तिका कुरा गरेका छन्, मधेशका पहिचानका कुरा गरेका छन् तर उनी आफैलाई विदेशी जस्तो देखाएका छन् । मानौ उनलाई जहाँ गएपनि यो पोशाकमा नै जानु भनेको हो जस्तो । मान्छेले भन्न थालेका छन् सिके राउत पनि भनाई र गराईमा फरक देखिएको छ । मधेशी जनताको माझमा धोती कुर्ता र गम्छाको कुरा गरेका हुन्छन् तर आफै हुन्छन् टाइसुटमा । मधेशी जनताको माझमा भाषाको कुरा गरेको हुन्छ तर आफै बोलिरहेका हुन्छन् हिन्दीमा । यी सब कसका लागि ? जनतालाई एक दिन एक दिन जवाफ दिनै पर्छ ।
उनले बयान फेरेको कुरा फेसबुकदेखि विभिन्न सञ्चारमाध्यमहरुमा ताजै छन् । यदि साँचै मधेशलाई स्वतन्त्र गर्न चाहेका छन् भने अदालतमा बयान किन फेरे । मधेसी जनतलाई धोका दिए जस्तो भएन र । मधेशी जनताको घर घर गएर नेपालबाट मधेश अलग हुनुपर्छ भनि कुरा गर्छन् अनि अदालतमा भन्छन् मधेश अलग गर्ने आफ्नो चाहना होइन स्वयत्तता मात्र चाहेको हुँ, त्यसो आफूले बोलेकै होइन । मधेशी जनतालाई भनेको कुरा अदालतमा भन्दिए के हुन्थ्यो ?
धेरैमा धेरै जन्म कैद अरु के हुन्थ्यो ? झन मधेशी जनताको विश्वास उनी माथि बढ्थे तर त्यसो नगरेर जेल जानबाट डराएर उनी बयान फेरिपछि सपाई पाएका हुन् । त्यसमा धेरै खुशी हुने कुरा छैन । मधेशी जनतालाई धेरै ढाट्न सकिदैन । अब मधेशी जनता त्यति मूर्ख रहेन कि टाइकोट लगाएर मिठो मिठो भाषण दिएर लोभ्याउन सकिन्छ । जमात हेरेर कोही दंग पर्छन् भने त्यो ठूलो भूल हो । राजा ज्ञानेन्द्र पनि मधेशमा जाँदा वा कतै जाँदा हजारौ मान्छे उसको पछि लागेका हुन्छन् तर के ती सबै जनता उनकै हुन् ? होइन नि । त्यसैले जनतालाई भ्रममा राखेर कोही राजनीतिक गर्छन् भने त्यसकै लागि प्रतिउत्पादक हुन्छ जस्तो मधेशी दललाई भएको छ ।


















तपाईको प्रतिक्रिया