साहारा टाइम्स,काठमाडौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतमाथी लागेको सम्पूर्ण आरोपवाट सफाई पाएका छन् । काठमाडौँ विशेष अदालतले बिहीबार उनलाई राज्य विप्लवको मुद्दाबाट सफाई दिएको छ ।
मोहनरमण भट्टराई, पवनकुमार शर्मा र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले उनलाई सफाई दिएको हो ।
मोरङको रंगेलीबाट भाद्र २८ गते पक्राउ परेका सिके राउतलाई विशेष अदालतले असोज २८ गते धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतले तोकेको ५० हजार रुपैया धरौटी बुझाउन नसकेपछि राउत सदरखोर डिल्लीबजार चलान भएका थिए । राउतका समर्थक र कार्यकर्ताहरुले उनलाई रिहा गराउन एक रुपैया संकलन गर्ने अभियान शुरु गरेपछि मंसिर आठ गते ५० हजार रुपैयाँ तिरी उनी जमानतमा छुटेर थुनामुक्त भएका थिए ।
राउत वाहिर आएपछि लगातार आफ्नो कार्यक्रहरु गर्ने क्रममा पनि पटक पटक प्रहरीले उनलाई विभिन्न कार्यक्रमबाट गिरफ्तार गरेको थियो । उनको मुद्दाको अन्तिम सुनुवाई विहिवार भनिएको आजको इजलासले उनलाई सबै आरोपबाट मुक्त गरेको छ ।



तपाईको प्रतिक्रिया