काठमाडौं, वैशाख ९– राजधानी जस्तो संवेदनशिल ठाँउमा एक सुस्त मनस्थितिकी किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छिन् । भक्तपुरको काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलत्कार गरेका हुन् । प्रहरी स्रोतका अनुसार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पूर्वी गेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे काँडाघारीमा किशोरी बलत्कार गरेका हुन् । मादक पदार्थ सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलात्कार गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरविरुद्व मुद्दा दर्ता भएको जानकारी दिए । उनले यस्ता घटनाले प्रहरीको शिर निहुरिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । किशोरी रोएको सुनेर दोडिदैं पुगेका स्थानीयले युनिफर्ममै रहेका प्रहरी जवानलाई नियन्त्रणमा लिई पूर्वी गेटका सेनालाई जिम्मा लगाइीदएका थिए । सेनाले प्रहरीकहाँ बुझाएको थियो । रौतहट घर भएका महर २०६४ सालमा प्रहरीमा भर्ती भएका थिए । उनका घरमा श्रीमती र दुई जना छोराछोरीसमेत छन् ।




तपाईको प्रतिक्रिया