Khadya Bibhag

डुंगा दुर्घटनामा ८०० को मृत्यु

इटाली, ९ वैशाख (एजेन्सी) – भूमध्य सागरमा दुई दिनअघि भएको डुंगा दुर्घटनामा ८ सयजनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ८ सय पुगेको हो ।

यसैबीच इटाली प्रहरीले यस घटनामा दोषी देखिएको भन्दै दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुंगाका कप्तान र अर्का एक कर्मचारी छन् ।

इटालीस्थित संयुक्त राष्ट्रसंघका प्रवक्ता कार्लोट्टा सामीले भने, ‘डुंगा दुर्घटनामा परी मृत्यु हुनेमा ८ सय आप्रवासी छन् ।’ गत आइतबार लिवियाको समुद्री क्षेत्रमा भएको यो डुंगा दुर्घटनालाई अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ ।

संयुक्त राष्ट्रसंघ र आप्रवासीसँग सम्बन्धित अर्को अन्तर्रा्ष्ट्रिय संगठनले दुर्घटनामा बाँच्न सफल २७ जनासँग कुराकानी गरेका छन् । सामीले भने, ‘डुंगामा ८ सयभन्दा बढी व्यक्ति सवार थिए, यसमा १० देखि १२ वर्ष उमेरका बालबालिका पनि थिए । यसमा सिरियाई, सोमाली र एरिट्रियाई नागरिक थिए ।’

यो डुंगा शनिबार त्रिपोलीबाट छुटेको थियो । दुर्घटनामा परी बाँचेकामा माली, गाम्भिया, सेनेगल, सोमालिया र बंगलादेशका नागरिक छन् ।

तपाईको प्रतिक्रिया