राकेश यादव
रौतहट, ८ वैशाख । उखु उत्पाद संघ रौतहटले उखु किसानको २१ करोड बाकि बक्यौता रहेकोमा श्रीराम सुगर मिल्स गरुडामा ताला लगाएका छन् ।
रौतहट, वारा र सर्लाहीका किसानहरुले गत बर्ष मिल्स संग विक्री गरेको उखुको करिव २१ करोड भुक्तानी दिनुपर्नेमा कुनै सुनवाई नगर्दा संघ बाध्य भएर मिल्समा ताला लगाएको जानकारी गराए ।
नेपाल सरकारले मूल्य निर्धारण गरेको अनुसार बढोत्तरी प्रति क्यून्टल ७६ रुपैयाको दरले करिव १७ करोड र पेश्की स्वरुप दिदै गरेको प्रति क्यून्टलको चार सयको दरले तिन करोड गरी २१ करोड रुपैया गत बर्षको रकम किसानहरुले लिन बाँकी रहदा मिल्स व्यवस्थापन पक्षले आलटाल गर्दै आएका कारण बाध्य भएर ताला लगाउनु परेको संघको अध्यक्ष अशोक यादवले बताए ।
चालु आ.ब. मा मिल्सले मंसिर २८ गते देखि क्रसिंग सुरु गरेर चैत १९ गते मिल्स बन्द हुदा करिव २१ लाख क्यून्टल उखु क्रसिंग गरेको जानकारी दिए । पटक पटक मिल्सका व्यवस्थापकिय पक्ष संग कुरा गर्दा पनि कुनै सकारात्मक जवाफ नदिदा आज ताला लगाउनु परेको अध्यक्ष यादवले स्पष्ट पारे ।
संघर्षका कार्यक्रम अनुसार भोली मंगलवार मिल्स प्रशासनलाई घेराउ गरी धर्ना दिने र संघको निर्णय अनुसार भुक्तानीको प्रक्रिया शिघ्र संचालन गर्ने सेडुल ननिकाले चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
संघका पदाधिकारी रामभरोस यादवले मिल्स व्यवस्थापन पक्षको लापरवाहीका कारण कतिपय किसानहरु लगाएको उखु खेतीलाई नष्ट गरी धान बाली लगाउनमा जुटिरहेको अवस्थामा बाध्य भई संघले किसानहरुको रकम भुक्तानीका लागि दवाव मुलुक कार्यक्रम थालनी गरेको बताए ।
संघले मिल्समा ताल्चा लगाएपछि चिनी, स्प्रीट लगायत मिल्समा उत्पादन हुने हरेक सामानको निकासीमा रोक लागेको छ ।
फोटो क्याप्सन ःराकेश यादव उखु किसानले गत बर्षको २१ करोड रकम नपाएको विरोधमा उखु उत्पादक संघ रौतहटले श्रीराम सुगर मिल्स गरुडामा सोमवार ताला लगाउदै गरेको ।



तपाईको प्रतिक्रिया