मुम्बई— वाँलीवुडका इन्डियन प्रिमियर लिगमा किङ्ग्स इलेवेन पञ्जाबकी मालिकिनी एवं बलिउड अभिनेत्री प्रीति जिन्टाको अनुहारमा पछिल्लो समय छुट्टै चमक देखिएको छ । प्रेमी नेस वाडियासँग ब्रेकअप भएपछि निरास बनेकी उनको अमेरिका भ्रमण बाक्लिएको थियो । हालै उनले आफ्नो जीवनमा कसैको आगमन भइसकेको छ अर्थात अव उनको जीवनमा ’समवान स्पेसल’ भएको खुलासा गरेकी छिन् ।
मुम्बईको मुम्बई मिरर नामक पत्रिकालाई अन्तरवार्ता दिँदै उनले भनेकी छिन, ’म एक गजबको मान्छेसँग सम्बन्धमा छु । अब मसँग मेरो लागि समय छ । क्रिकेटमा अब मेरो उपस्थिति अब जरुरी छैन ।’ नेस वाडियासँग सम्बन्ध टुक्रिएपछि प्रीतिको यस किसिमको पहिलो प्रतिक्रिया हो ।
पछिल्लो समय उनी बारम्बार लस एन्जलसको भ्रमण गर्दै आएकी छिन् । उनको जीवनको समवान स्पेसल’ प्रेमी त्यहीँ भएको बताइएको छ ।



तपाईको प्रतिक्रिया