रौतहट, वैशाख १ – रौतहट जिल्लाको सदरमुकाम गौरमा बौलाहा घोडाले केही दिनको अवधिमा टोकेपछि नाबालकसहित २० जना घाइते भएका छन् । केही दिनदेखि सर्वसाधारणलाई घोडाले टोक्न थालेपछि सर्वसाधारण प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरस्थित ब्यारेक मैदानमा रहेको रातो घोडाको टोकाइबाट घाइते हुनेमा गौर नगरपालिका–९ का डेढ वर्षीय करण राम, स्थानीय दिनेश यादव, शान्ति देवी, जनार्शी देवी, गुञ्जन क्षेत्री, हुसेनी खातुन, उपेन्द्र यादव, होसनारायण श्रेष्ठलगायतका २० जना रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । दुई दिनदेखि बौलाहा घोडाले जथाभावीरुपमा टोक्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।



तपाईको प्रतिक्रिया