विराटनगर, २८ चैत । मैथिल भाषाको संरक्षण र सम्बद्र्धनका साथै ‘दहेज प्रथा’ को विरुद्ध चेतना फैलाउन आज यहाँ अन्तर्राष्ट्रिय मैथिल कवि सम्मेलन र विचार गोष्ठीको आयोजना गरियो ।
कार्यक्रममा नेपालका साथै भारतको दिल्ली, पटना, दरभङ्गा, मुङ्गेर, पूर्णियालगायतका ठाउँबाट मैथिली भाषाप्रति समर्पित व्यक्तिका साथै एक सयभन्दा कविकवयत्रीको सहभागिता थियो ।
सम्मेलनले नयाँ संविधानमा मैथिली भाषाको संरक्षण र सम्बद्र्धनका लागि ठोस पहल हुनुपर्ने, दुवै मुलुकमा सेतुको रुपमा रहेको मैथिली भाषाको विकासका लागि समर्पित भएर अग्रसर हुनुपर्ने विषयमा जोड दिनुका साथै मैथिल समुदायमा विकृतिको रुपमा देखिएका दहेज ९दाइजो० प्रथाको कुप्रभावको सम्बन्धमा कविता बाचन गरिएको थियो ।
कार्यक्रममा सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाले यथास्थितिवादी चिन्तनका कारण मैथिल भाषाको विकास हुन नसकेको उल्लेख गर्दै यस भाषाको उत्थानका लागि सबैलाई सङ्कल्पित भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँनुभयो ।
मैथिली विकास समितिका अध्यक्ष सूर्यनारायण झाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार धीरेन्द्र प्रेमर्षि, बसुन्धरा झा, पत्रकार सङ्घ मोरङ्का अध्यक्ष महेन्द्र विष्ट, डा।सूर्यनारायण झा, डा।महानन्द मिश्र, साधना झाका साथै भारतबाट आउनुभएका मनिकान्त झा, सुरेश पासवान, पत्रकार कुमार आशिषलगायतले मैथिली भाषा र विकासका लागि सवैलाई समर्पित भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो ।



तपाईको प्रतिक्रिया